Sunday, August 11, 2013

राप्रपाद्वारा चुनाव अभियानमा होमिने निर्णय

तयारीका लागि नौ समिति गठन
काठमाडौं, २७ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी संंविधानसभा चुनावको तयारीका लागि नौवटा समिति गठन गर्दै निर्वाचन अभियानमा होमिएको छ । राजधानीमा दुई दिनदेखि जारी बैठकले संविधानसभाको चुनावमा होमिने निणर््ँय गर्दै तयारीका लागि ९ वटा समिति गठन गरेको छ । अध्यÔ सूर्यबहादुर थापाको नेतृत्वमा १ सय ७ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको केन्द्रीय सदस्य किरण्ँ गिरीले जानकारी दिए ।
गिरीका अनुसार अध्यÔ थापाकै अध्यÔतामा २४ सदस्यीय निर्वाचन कार्य व्यवस्था तथा परिचालन समिति गठन गरिएको छ । समितिमा दीपक बोहोरा सदस्य सचिव छन् । थापाकै अध्यÔतामा साधन स्रोत परिचालन समिति गठन गरिएको छ ।
संविधानसभा चुनावका लागि पार्टीका उम्मेदवार सिफारिस गर्ने संसदीय समिति भने पशुपतिसमसेर राण्ाँको अध्यक्षतामा गठन गरिएको छ । नेताहरू हरिबहादुर बस्नेतको अध्यÔतामा घोÈण्ाँपत्र तयारी समिति, ठाकुरप्रसाद शर्माको संयोजकत्वमा प्रचार प्रसार, प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति, नवराज सुवेदीको संयोजकत्वमा अनुशासन र भुवन पाठकको संयोजकत्वमा प्रशिÔण्ँ समिति गठन गरिएको छ ।
बैठकले संक्रमण्ँकाल अन्त्य गर्न संविधानसभा चुनाव नै विकल्प भएको ठहर गरेको छ ।
‘नेपालमा स्थायी शान्ति, राजनीतिक स्थायित्व, नया“ संविधान निर्माण्ँ र जनउत्तरदायी सरकार गठन गरेर मुलुकलाई लामो संंक्रमण्ँबाट उन्मुक्ति दिलाउने एकमात्र माध्यम निर्वाचन भएकाले निर्वाचनको अपरिहार्यता र अनिवार्यतालाई कसैले पनि नकार्न मिल्दैन’ बैठकको निणर््ँयमा भनिएको छ ।
बैठकले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सवै राजनीतिक दलहरुलाई लचकता अपनाउन आग्रह गरेको छ । ‘हदैसम्मको लचकता अवलम्बन गर्दै सार्वभौम नेपाली जनताले निणर््ँय गर्ने अधिकारको माध्यमको रूपमा रहेको निर्वाचन सुनिश्चित गर्नु सवै राजनीतिक दलको दायित्व हो’ निणर््ँयमा लेखिएको छ ।
राप्रपाले साउन ३० गतेदेखि भदौ २० गतेसम्म केन्द्रीय अभिमुखीकरण्ँ थालनी गर्ने निणर््ँय गरेको छ । राजधानीबाट सुरु हुने अभिमुखीकरण्ँ २ सय ४० वटै निर्वाचन Ôेत्रसम्म पु¥याउने तयारी राप्रपाको छ ।

No comments:

Post a Comment