Sunday, August 25, 2013

अख्तियारको विरोधमा ९० नेपाली कामदार फर्काइए

काठमाडौं, ८ भदौ– अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले बिना ठोस प्रमाण भ्रष्टाचारको आरोपमा आफ्ना सहकर्मीहरूलाई अख्तियारले पक्राउ गरेको विरोधमा शनिबारदेखि वैदेशिक रोजागारमा जाने नेपाली कामदारमाथि एअरपोर्टमा कडाइ गरी फर्काउन थालेका छन् ।
आफ्ना १८ सहकर्मी पक्राउ गरेको भोलिपल्ट अध्यागमनका कर्मचारीहरूले शनिबार वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई विवरण नमिलेको भन्दै ९० जनालाई विदेश उड्नबाट रोकेर फर्काएको जानकारी स्रोतले दिएका छन् ।
वैदेशिक रोजगार विभागका कर्मचारीहरूले म्यानपावर कम्पनीको झूटो व्यहोराको कागजातका आधारमा नेपाली कामदारलाई विदेशमा पठाएको र नक्कली कागजात हो भन्ने जान्दा जान्दै पनि अध्यागमनका कर्मचारीले पासपोर्टमा छाप लगाई विदेश जान दिएको दाबी गर्दै अख्तियारले शनिबार वैदेशिक रोजगार विभागका १७ र अध्यागमनका १८ जनालाई शनिबार पक्राउ गरेको थियो ।
अध्यागमनका एक कर्मचारीले भिसा र वर्क पर्मिट छ कि छैन भनी हेरेर पासपोर्टमा छाप लगाएर कामदारलाई विदेश जान दिने हो भन्दै वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिमा कैफियत छ कि छैन भनी हेर्ने दायित्व आफूहरूको नभएको र तर अख्तियारले बिना प्रमाण आफ्ना सहकर्मीहरूलाई अख्तियारले भ्रष्टाचारमा फसाएको दाबी गरे ।
अख्तियारले एउटा कम्पनी, पद र तलबसुविधा भन्दै अर्कै कम्पनी, तलबसुविधा र पदमा पठाएको मुख्य आरोप वैदेशिकका कर्मचारीहरूमाथि लगाएको उल्लेख गर्दै ती कर्मचारीले भने– ‘हामीले वर्क पर्मिटमात्र हेर्ने हो कम्पनी परिवर्तन गरिए÷नगरिएको कसरी थाहा पाएर हेर्ने ? कम्पनी फरक प¥यो भनेर अध्यागमनका कर्मचारीहरूलाई फसाउ“दै जाने हो भने हामीले कसरी काम गर्न सक्र्छौ ?’
अध्यागमनका कर्मचारीहरूले श्रमले दिएको स्वीकृतिअनुसार भाषा नबुझिएका र कामको विवरण्ँ नमिलेका ९० जना कामदारलाई आफूहरूले विदेश जानबाट रोकेको जानकारी दिए ।
‘पहिले हामीले श्रमले स्वीकृत दिएपछि सरासर पठाउने गरेका थियौं’ अध्यागमनका एक कर्मचारीले भने–’तर, अख्तियारले १८ जनालाई पक्राउ गरेपछि भिसामा कामको विवरण नमिलेका तथा भाÈा नबुझिएका कामदारलाई रोकेका हौंं ।’ उनका अनुसार अरबीलगायतका भाÈा नबुझिएकाहरुलाई आधिकारिक स्थानबाट भाÈा अनुवाद गरेर ल्याउन आग्रह गरिएकोसमेत बताए ।

No comments:

Post a Comment