Thursday, August 1, 2013

सरकारद्वारा माओवादीलाई वार्तामा आउन दोस्रो पत्र

काठमाडौं, १७ साउन– सरकारले नेकपा–माओवादी र उसको नेतृत्वमा रहेको साना दलको मोर्चालाई वार्तामा आउन आह्वान गर्दै बुधबार दोस्रोपटक पत्र पठाएको छ । मन्त्रिपरिषदद्वारा असन्तुष्ट दलहरूसित वार्ता गर्न गठित परामर्श तथा समन्वय समितिका संयोजक एवं गृह मन्त्रालय माधव घिमिरेले सरकारका तर्फबाट नेकपा–माओवादीका अध्यÔ मोहन वैद्यलाई सम्बोधन गरी वार्तामा आउन पत्र पठाएका हुन् ।
घिमिरेले साउन ४ मा संविधानसभाको मंसिर ४ मा घोषित चुनावलाई सफल पार्नका निम्ति वार्तामा आउन आह्वान गर्दै वैद्यलाई पत्र पठाएका थिए । प्रत्युत्तरमा नेकपा–माओवादीका तर्फबाट महासचिव रामबहादुर थापाले साउन ११ मा सरकारलाई पत्र लेखी सर्तसहितको वार्तामा नबस्ने जानकारी गराएका थिए ।
त्यही कारण सरकारले दोस्रो पत्रमा संविधानसभाको चुनावका बारेमा कुनै उल्लेख नगरी बिना सर्त वार्तामा आउन आह्वान गरेको छ । ‘मुुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट नै समाधान हुने कुरामा नेपाल सरकार विश्वस्त रहेकोले नेकपा–माओवादी र तहा“को पत्रमा उल्लेख भएका सम्बद्ध दलहरूलाई वार्तामा आउन नेपाल सरकारको तर्फबाट पुनः आमन्त्रण्ँ गर्छु’ गृहमन्त्री घिमिरेले पत्रमा लेखेका छन् ।
बिना शर्त चार दलको संयन्त्र र सरकारसित वार्ता गर्न नेकपा माओवादीले अध्यÔ वैद्यको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा उपाध्यÔ सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रविक्रम चन्द छन् ।






No comments:

Post a Comment