Thursday, August 8, 2013

विश्व बैंक र एडीबीले ६ अर्ब सहयोग गर्ने

काठमाडौं, २४ साउन– विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले नेपालको ऊर्जा क्षेत्र र प्रसारण लाइनको विकासका लागि करिब ६ अर्ब रुपैया“ ऋण तथा अनुदान सहयोग गर्ने भएका छन् । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास कोषाले नेपाल–भारत अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण तथा व्यापार आयोजनामा थप लगानीका लागि ३७ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ५२ करोड ६४ लाख रुपैया“) बराबरको सहुलियतपूर्ण ऋण र दुई मिलियन डलर (करिब १८ करोड ८० लाख रुपैया“ अनुदान सहयोग दिने भएको छ ।
मन्त्रिपरिषदको बिहबिार बसेको बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम विद्युत प्राधिकरणलाई सरकारी ऋणका रूपमा उपलब्ध गराउने र अनुदान रकमलाई सरकारले प्राधिकरणमा सेयरका रूपमा लगानी गर्ने निर्णय गरेको जानकारी सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
एडीबीले उर्जा क्षेत्र र विद्युत् प्रसारण लाइनको अध्ययन र निर्माणका लागि २१ मिलियन अमरिकी डलर (करिब तीन अर्ब रुपैया“) अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले दुवै बैंकसित सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ ।
दुई आयोजनालाई जग्गा लिजमा
सरकारले माथिल्लो त्रिशूली ए जलविद्युत आयोजनाका लागि विभिन्न करिब ७९ दशमलब २७ हेक्टर वन क्षेत्र र हेवाखोला ए जलविद्युत आयोजनाका लागि ९४ रोपनी १४ आनाजग्गा ३५ वर्षका लागि लिजमा प्रयोग गर्न दिने निर्णय गरिएको छ । आयोजना निर्माणका क्रममा काटिएका रूखको दोब्बर संख्यामा जलविद्युत् आयोजनाले हुर्काउनुपर्ने व्यवस्थाअनुसार  उक्त जग्गा प्रदान गरिएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
प्रतिष्ठानको अक्षय कोष १६ करोड थप
सरकारले वीपी कोइराला नेपाल–भारत प्रतिष्ठानका लागि अक्षय कोषमा रहेको नेपाली पक्षको रकम वृद्धि गरी १६ करोड रुपैया“ थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार अर्थमन्त्रालयले उक्त रकम प्रतिष्ठानलाई उपलब्ध गराउनेछ ।
जनजाति महासघलाई ५ लाख
सरकारले साउन २५ गते मनाइने विश्व आदिवासी दिवस कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघलाई ५ लाख रुपया“ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।




No comments:

Post a Comment