Monday, August 19, 2013

रेग्मीद्वारा १५ दिनमा राहत बाँडिसक्न निर्देशन

काठमाडौं, ३ भदौ– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सुदुरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो पीडित परिवारलाई हालसम्म राहत नपुगेकामा असन्तुष्टि व्यक्त गर्दै १५ दिनभित्र बा“डिसक्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।
केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आइतबार बसेको बैठकलाई सम्बोधनका क्रममा उनले विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूलाई बाढीपहिरो पीडितलाई महिनौंसम्म राहत नपुगेको गुनासो आउनु दुःखद् भएको उल्लेख गर्दै त्यस्तो निर्देशन दिएका हुन् ।
रेग्मीले बाढी पहिरोबाट क्षतिग्रस्त भएका तटबन्ध, सडक, पुललगायतका संरचनासमेत तत्काल पुननिर्माण गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका थिए । बैठकमा मन्त्रीहरू माधव घिमिरे, विद्याधर मल्लिक, माधव पौडेल, छविराज पन्त, टेकेबहादुर थापा घर्ती, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यÔ, तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
बैठकमा गृहमन्त्रालयका दैवी प्रकोप महाशाखा प्रमुख लक्ष्मी ढकालले मन्सुन सुरु भएयता बाढीपहिरोबाट मुलुकका ४८ जिल्ला प्रभावित हुनुका साथै १ सय ३३ जनाको मृत्यु र ९७ जनाको बेपत्ता भएको र हालसम्म ५ करोड रुपैया“ राहत वितरण गरिसकिएको जानकारी बैठकमा गराएका थिए । मृत्यु भएका र बेपत्ता व्यक्तिका पीडित परिवारलाई ४० हजार रुपैया“का दरले र घर क्षतिग्रस्त भएकाको हकमा अवस्था हेरी ५ देखि ४० हजार रुपैया“सम्म राहत दिइएको जानकारी उनले दिएका थिए ।
गृह मन्त्रालयका अनुसार जनधन क्षतिको स्थलगत अध्ययन गर्न मन्त्रालयबाट विभिन्न जिल्लामा टोली गएको र हालसम्म प्राप्त विवरणअनुसार १६ जिल्लामात्र बाढी पहिरोबाट साढे २ अर्ब रुपैया“भन्दा बढीको क्षति भएको र बा“की २४ जिल्लाको विवरण आउन बा“की रहेको छ । ढकालले क्षतिग्रस्त भएका सडक, पुल, तटबन्धलगायतका संरचनाको पुननिर्माणको कार्यसमेत सुरु भइसकेको जानकारी गराएका थिए ।








No comments:

Post a Comment