Thursday, August 29, 2013

अख्तियारद्वारा महानगरलाई सम्झौता कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं, १३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाद्वारा सुन्धारा–धरहरा र हनुमान ढोका दरबार क्षेत्रमा पर्यटकबाट शुल्क उठाउन साइड वाकर्स प्रालिलाई दिइएको ठेक्का सम्झौता त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन रोक्न बिहीबार निर्देशन दिएको छ ।
अख्तियारले विज्ञप्ति जारी गरी महानगरपालिकाले प्रतिस्पर्धा नगराई सोझै साइड वाकर्स प्रालिलाई एकीकृत पर्यटक शुल्क उठाउन दिने गत चैत ५ को ठेक्का सम्झौता कार्यान्वयन नगर्न÷नगराउन महानगरपालिकालाई निर्देशन दिइएको जनाएको छ ।
उक्त सम्झौताबाट राष्ट्रिय सम्पत्तिलाई व्यापारिक कम्पनीको नियन्त्रणमा पुग्नुका साथै सेवाग्राहीको हितसमेत कुण्ठित हुन पुगेको ठहर अख्तियारको छ । उक्त सम्झौता गर्दा अनियमितता र भ्रष्टाचार भए÷नभएकाबारेमा समेत थप अनुसन्धान भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment