Monday, August 12, 2013

टेलिकमका ५ इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

सामान खरिदमा सवा ५ करोडको भ्रष्टाचार
काठमाडौं, २८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एअर कन्डिसन उपकरण र त्यसलाई आवश्यक हुने ग्यास खरिदमा सवा ५ करोड रुपैया“भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका ५ इन्जिनियरसहित ७ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले टेन्डर सम्झौतामा उल्लिखित स्पेसिफिकेसनविपरीत कमसल सामान खरिद गरी टेलिकमलाई ५ करोड ११ लाख ८८ हजार ६ सय ९१ रुपैया“ नोक्सानी पु¥याई गैरकानुनी लाभ लिएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारले टेन्डर सम्झौताविपरीतको उपकरण आपूर्ति गरी टेलिकमलाई नोक्सानी पु¥याएकामा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सामान आपूर्तिकर्ता चिनिया“ कम्पनी एआईआरएसवाईएस रेफ्रिजरेसन इन्जिनियरिङ टेक्नोलोजी र त्यसको नेपाली एजेन्ट आकृति इन्टरनेसल, बानेश्वरविरुद्धसमेत मुद्दा दायर गरिएको छ । आपूर्तिकर्ता चिनिया“ कम्पनी सम्पर्कमा नरहेकोसमेत दायर मुद्दामा उल्लेख छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार मुद्दा दायर गरिएकामा टेलिकमका इन्जिनियरहरू नौ तहका रामनरेशसिंह कु“वर, ८ तहका राजेन्द्र महर्जन, ८ तहकै अनिलकुमार आचार्य, सहायक इन्जिनियर श्रीकृष्ण भुजेल र भाइकृष्ण महर्जन तथा सामान आपूर्तिकर्ता कम्पनीका स्थानीय एजेन्ट आकृति इन्टरनेसनल, बानेश्वरका अध्यक्ष नवराज राउत र जनरल म्यानेजर भारतीय नागरिक पंकजकुमार बान्थिया छन् । अख्तियारले राउतबाहेक अरू सबैलाई पक्राउ गरी सोमबार नै अदालतलाई बुझाइसकेको छ । 
राउत सोमबार अपराह्न ४ः३० बजेसम्म आयोगमा उपस्थित नभएको हु“दा अदालतबाटै कानुनबमोजिम म्याद जारी गरी अभियोगको माग दाबीबमोजिम सजाय गर्न अख्तियारले दायर गरिएको मुद्दामा माग गरेको छ ।
अख्तियारका अनुसार टेलिकमका अधिकारीहरूले सामान आपूर्तिकर्ता चिनिया“ कम्पनी र नेपाली एजेन्टस“ग मिलेर एअर कन्डिसनिङ इक्विपमेन्ट्स (४० किलोवाट) र त्यसमा प्रयोग हुने आर४१०ए ग्यास भनी आर २२ ग्यास आपूर्ति गरी सम्झौताविरीतको कार्यबाट टेलिकमलाई ५ करोड ११ लाख ८८ हजार ६ सय ९१ रुपैया“ हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेका हुन् । उनीहरूले सत्यतथ्य लुकाई टेलिकमलाई स्पेसिफिकेसनअनुसारकै सामान खरिद गरेको झूटो प्रतिवेदन दिएका थिए ।
अख्तियारले टेलिकमका ५ अधिकारी, सामान आपूर्ति कम्पनी र स्थानीय एजेन्ट आकृति इन्टरनेसनलका अध्यक्ष राउत र जनरल म्यानेजर बान्थियाविरुद्ध आफूलाई गैरकानुनी रूपमा लाभ पु¥याउने र टेलिकमस“गको टेन्डर सम्झौताविपरीतको कमसल सामान आपूर्ति गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) द्वारा परिभाषित कसुर (भ्रष्टाचार) गरेको देंखिंदा उक्त ऐनबमोजिम हदैसम्मको कैद सजाय र बिगो ५ करोड ११ लाख ८८ हजार ६ सय ९१ रुपैया“ र सोहीबराबरको जरिवानासमेत गर्न माग गरेको छ ।
टेलिकमका ती अधिकारीले स्पेसिफिसनअनुसार आर ४१० ए ग्यास र त्यसस“ग कम्प्याटेबल एसी इक्विपमेन्ट आपूर्ति गर्नुपर्नेमा त्यसको सट्टा आर २२ ग्यास र त्यसस“ग कम्प्याटेबल एसी इक्विपमेन्ट आपूर्ति गरी भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको छ ।
भ्रष्टाचार प्रमाणित भएमा भ्रष्टाचार निवारण ऐनअनुसार टेलिकमका पा“च अधिकारी, आकृति इन्टरनेसनलका अध्यक्ष राउत र जनरल म्यानेजर बान्थिया र आपूर्तिकर्ता कम्पनीका अधिकारीलाई ३ वर्षसम्मको कैद सजाय, बिगो सवा पा“च करोड रु सोहीबराबरको रकम थप जरिवाना हुनेछ ।





No comments:

Post a Comment