Saturday, August 3, 2013

उम्मेदवार चयन गर्न तत्काल संसदीय समिति गठन : कांग्रेस

काठमाडौं, १८ साउन– कांग्रेसले आगामी संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक सिटमा पार्टीका उम्मेदवारहरू तय गर्न तत्काल संसदीय समिति गठन गर्ने भएको छ । सभापति सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवासहितका प्रभावशाली नेताहरूको सल्लाह र सहमतिमा १५ सदस्यीय संसदीय समिति गठन गर्नेछन् ।
कांग्रेसले सभापति कोइराला भारत भ्रमणबाट फर्केपछि देशव्यापी चुनावी प्रचारप्रसार अभियान थाल्ने अभियान थाल्ने भएको छ । देशव्यापी चुनावी दौडाहामा कांग्रेसका सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेलसहित प्रभावशाली नेता सबै एक साथ सहभागी हुनेछन् । कोइराला आइतबार भारत गई शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
‘कांग्रेसमा सात जना केन्द्रीय पदाधिकारी संसदीय पदेन हु“दै हुनुहुन्छ । समितिमा बा“की आठ जना सदस्य मनोनीत गर्ने हो । सभापति कोइरालाले दिल्ली भ्रमणबाट फर्कनासाथ देउवासहितका नेताहरूसित परामर्श गरी संसदीय समिति गठन गर्नुहुनेछ’ महामन्त्री प्रकाशमान सिंहले कान्तिपुरसित भने । कांग्रेसमा पार्टी विधानअनुसार सभापतिको अध्यक्षतामा गठन हुने संसदीय समितिले चुनावका उम्मेदवार तय गर्छ ।
सिंहका अनुसार कांग्रेसले पार्टीभित्र उम्मेदवार छान्ने प्रक्रियासमेत सुरु गरिसकेको छ । कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लामा पठाएर पार्टीको संगठनात्मक स्थिति, निर्वाचन क्षेत्रमा चुनाव जित्न सक्ने सम्भाव्य उम्मेदवार, पार्टीलाई जिताउन संगठन सुदृढ गर्न चाल्नुपर्ने कदमका बारेमा स्थलगत अध्ययन गरिरहेको छ ।
जिल्ला–जिल्लामा खटिएका केन्द्रीय सदस्यहरूले आ–आफ्नो प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाउन थालिसकेका छन् । सिंहका अनुसार एक÷डेढ सातामा स्थलगत खटिएका सबै सदस्यले आ–आफ्नो प्रतिवेदन बुझाइसक्नेछन् ।
कांग्रेसले पार्टीको जिल्ला समिति र निर्वाचन क्षेत्रस्तरीय समितिलाई सम्पूर्ण कार्यकर्ताको राय लिएर प्रत्यक्ष निर्वाचनको एक सिटका चुनाव जित्ने सक्ने सम्भावित तीन÷तीन उम्मेदवारको नाम सर्वसम्मतिले सिफारिस गरेर पठाउनसमेत केही दिनभित्रै निर्देशन दिने भएको छ । कांग्रेसले सबै जिल्ला समितिलाई समानुपातिक सिटका लागिसमेत पार्टीमा योगदान भएका महिला, आदिबासी जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका व्यक्तिलाई प्राथमिकता दिएर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन तयारीसमेत गरेको छ ।
संसदीय समितिले जिल्ला र क्षेत्रीय समितिको सिफारिस र केन्द्रीय सदस्यहरूको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा प्रत्यक्ष र समानुपातिक सिटका लागि मनोनयनपत्र दाखिला गर्ने दिन असोज १० भन्दा ढिलोमा तीन साता पहिले नै सर्वसम्मतिबाट उम्मेदवार चयन गरिसक्ने जानकारी एक नेताले दिए ।
कांग्रेसले नवलपरासीको त्रिवेणीमा तीन महिनाअघि सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको राजनीतिक प्रस्ताव तथा नीति र कार्यक्रमका आधारमा छिट्टै चुनावी घोषणापत्र र नारा तयार गर्ने भएको छ ।
‘महासमितिको बैठकले सुझावसहित पारित गरेको राजनीतिक प्रस्ताव तथा नीति र कार्यक्रमलाई अन्तिम रूप दिने कार्य उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिले गरिरहेको छ । समितिले अन्तिम रूप दिनासाथ कांग्रेसले केन्द्रीय समिति बैठक बोलाई त्यसलाई पारित गर्छ । पार्टीले गठन गर्ने समितिले त्यसैका आधारमा चुनावी घोषणापत्र तयार गर्छ’ सिंहले भने । सिंहका अनुसार चुनावका लागि आर्थिक संकलन समिति, प्रचारप्रसार समितिलगायतका संरचनाको निर्माणसमेत अब छिट्टै बस्ने केन्द्रीय समिति बैठकले गठन गर्नेछ ।
कांग्रेसले साउन २० देखि भदौ १५ सम्म चुनावी अभियानलाई गाउ“गाउ“सम्म पु¥याउन जिल्ला, निर्वाचन क्षेत्र, नगर, वडा र मतदान केन्द्रसम्म सम्पूर्ण कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ । उक्त अवधिमा देशभरका कार्यकर्तालाई समसामयिक राजनीतिक सवालमा पार्टीको दृष्टिकोण्ँ, कांग्रेस र अरू दलहरूबीचको भिन्नता तथा निर्वाचनको तयारी र नया“ संविधानमा पार्टीले अघि सार्ने एजेन्डा तथा अरू दलको प्रोपागान्डाको कसरी प्रतिवादन गर्ने भन्नेबारेमा प्रशिÔण्ँ दिइनेछ ।




No comments:

Post a Comment