Saturday, August 3, 2013

कोइरालाद्वारा भ्रमणबारे परराष्ट्रविदसित परामर्श

काठमाडौं, १९ साउन– सभापति सुशील कोइराला भारतको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा शनिबार परराष्ट्रविद्हरूस“ग परामर्श लिएका छन् । आफ्नो आइतबारदेखि सुरु हुने भारत भ्रमणलाई प्रभावकारी बनाउन उनले परराष्ट्रविदहरूलाई आफ्नो निवासमा बोलाई परामर्श लिएको जानकारी कांंग्रेस महामन्त्री प्रकाशमान सिंहले दिए ।
उनका अनुसार परराष्ट्रविद्हरूले भारतमा भारतीय सत्तारूढ कांग्रेस तथा विपक्षी भाजपालगायतका दलका नेताहरूसितको भेटलाई पार्टी–पार्टीबीचको समबन्ध सुधारको अवसरका रूपमा सदुपयोग गर्न सुझाव दिएका थिए ।
उनीहरूले कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको अवसानपछि भारतीय स्वतन्त्रता संग्रामदेखिको कांग्रेस र भारतीय प्रमुख पार्टीका नेताहरूबीचको व्यक्तिगत र पार्टीगत रूपमा रहेको प्रत्यक्ष सम्पर्क र सम्बन्ध करिब करिब टुटिसकेको उल्लेख गर्दै कोइरालाले आफ्नो भ्रमणका क्रममा त्यो ऐतिहासिक सम्बन्धलाई जोड्न प्रयास गर्नुपर्ने बताएका थिए ।
उनीहरूले छिमेकी मुलुकका पार्टीहरूसित विश्वासिलो सम्बन्ध कायम राख्न नसकेकै कारण संविधानसभाकालमा कांग्रेस नेतृत्वमा सरकार गठन हुन नसकेको यथार्थलाई हृदयंगम गरी भ्रमणलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए ।
भेटवार्ताका पूर्व राजदूतहरू लोकराज बराल, दुर्गेशमान सिंह, जयराज आचार्य, बलबहादुर कु“वरलगायतका परराष्ट्रविद् सहभागी थिए । कोइराला आइतबार महामन्त्रीद्वय प्रकाशमान सिंह र कुष्ण सिटौलाका साथमा भारत भ्रमणमा जा“दैछन् ।


No comments:

Post a Comment