Monday, August 26, 2013

अख्तियारद्वारा ३६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • मुद्दा दायर भएकाहरू
  • विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित २२
  • चिनिया“ आपूर्तिकर्ता कम्पनीका चार
  • भन्सारका दुई अधिकृतसहित ८
  • स्थानीय निकायका चार
काठमाडौं, ९ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा विद्युत् प्राधिकरण, त्रिभुवन भन्सार र स्थानीय निकायका उच्च पदाधिकारी तथा कर्मचारी र ती निकायका एजेन्टसहित ३६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले दुईपटकको टेन्डरबाट करिब २ हजार थान ट्रान्सफर्मर खरिदमा ४२ करोड रुपैया“भन्दा भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव, पूर्व कार्यकारी निर्देशक जिवेन्द्र झासहित २२ अधिकारी र चिनिया“ आपूर्तिकर्ता कम्पनीका चारसहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई शाखा अधिकृतसहित ८ जनाविरुद्ध तथा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेकामा गाविससहित दुई जनालाई अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
प्राधिकरणका अधिकारीहरूले वर्षौंदेखि तामाको तारवाला ट्रान्सफर्मरको सट्टा आपूर्तिकर्ता कम्पनीसित मिलेमतो गरी न्यून गुणस्तरको आल्मुनियमको तारवाला ट्रान्सफर्मर खरिद गरी करोडौं रुपैया“ अनियमितता गर्दै आएको र प्राधिकरणलाई करोडौं रुपैया“ नोक्सानी पु¥याएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूलाई छानबिनका लागि दुई चरणमा पक्राउ गरी यसअघि नै आफ्नो नियन्त्रणमा लिएको थियो ।
अख्तियारले मुद्दामा ट्रान्सफर्मर खरिद प्रकरणमा ४२ करोड रुपैया“भन्दा बढी भ्रष्टाचार गरेकामा यादवसहित २२ कर्मचारी र चिनिया“ आपूर्तिकर्ता कम्पनीका चार जना अधिकारीविरुद्ध दस वर्ष वर्षसम्मको कैद सजाय गर्न, ४२ करोड रुपैया“भन्दा बिगोबराबरको हर्जाना तिराउन र बिगोबराबरको थप जरिवाना गर्न अदालतसमक्ष मागदाबी गरेको छ ।
मुद्दा दायर गरिएकामा यादवसहित प्राधिरकणका पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झा, तत्कालीन निमित्त कार्यकारी निर्देशक टिकाराम बीसी, तत्कालीन योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, सहनिर्देशक हरीशबहादुर पाल, प्रबन्धक सिन्धु यादव, प्रबन्धक कैलाशप्रसाद अटल, प्रबन्धक सुरेन्द्रराज जोशी, लेखा अधिकृत सुरेशकुमार कटुवाल, प्रबन्धक शेखरकुमार दत्त, केन्द्रीय भण्डार प्रमुख एवं इन्जिनियर नारायणप्रसाद चौधरी, भण्डार सहायक सरोज श्रेष्ठ, उपनिर्देशक (लेखा)  कृष्णबहादुर केसी, ११ औ तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र  इन्जिनियर प्रमोद रिजाल, कृष्णबहादुर केसी, भरत रूपाखेती, मदनराज चापागाईं र प्रज्ज्वल पाण्डे छन् ।
कमसल गुणस्तरको ट्रान्सफर्मर आपूर्तिकर्ता चिनिया“ कम्पनी हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीका अध्यक्ष, महाप्रबन्धक, अख्तियारप्राप्त प्रतिनिधिसहित चार अधिकारी छन्, त्यसमध्ये दुई चिनिया“ अधिकारीलाई अख्तियारले पक्राउ गरी अदालतलाई बुझाइसकेको छ भने दुई चिनिया“ अधिकारी बेपत्ता छन् ।
ठेक्का नं. डीडीएस इ०७÷६८ मा ११ करोड ७३ लाख रुपैया“मा विभिन्न क्षमताका १२ सय ६० थान कम गुणस्तरको खरिद गरेको र त्यसबाट विद्युत् प्राकिरणलाई चुहावटबाट प्रत्यक्ष नोक्सानी ३१ करोड ८२ लाख रुपैया“ हुन पुगेको अख्तियारले उल्लेख गरेको छ । साथै विश्व बैंकको स्रोतबाट सन् २००९ मा प्राधिकरणले ७ सय ३५ थान कमसलस्तरको ट्रान्सफर्मर खरिद गर्दा प्राधिकरणलाई ९ करोड ३६ लाख रुपैया“ प्रत्यक्ष नोक्सानी भएको दाबी अख्तियारको छ । कार्यकारी निर्देशक यादवसहितले कमसल सामान खरिद गरेको र त्यसबाट प्राधिकरणलाई ४२ करोड रुपैया“भन्दा बढी नोक्सानी पु¥याएको लगायतका कार्यबाट भ्रष्टाचार निवारण ऐनअनुसार भ्रष्टाचार हुन गएको पुष्टि भएकाले उनीहरूलाई दस वर्षसम्मको कैद, बिगो ४२ करोड रुपैया“बराबरको हर्जाना तिराउन, बिगो बराबरको थप जरिवाना गर्न अख्तियारले मुद्दामा मागदावी गरेको छ ।
अख्तियारले मुद्दा दायर गरेपछि अख्तियारका कार्यकारी निर्देशकसहितका २२ अधिकारी सेवाबाट स्वतः निलम्बित भएका छन् भने अदालतबाट भ्रष्टाचार प्रमाणित भएमा उनीहरूको सरकारी सेवाबाट बर्खास्ती हुनुका साथै प्राधिकरणबाट पाउने सबै सुविधाबाट वञ्चित हुनेछन् ।
अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई शाखा अधिकृतसहित ८ जनाविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । भन्सारका शाखा अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मी तथा एजेन्टहरू भरतराज घिमिरे, मिनबहादुर खत्री, शिशिरबहादुर गौतम, विष्ण्ँुमण्ँि खनाल, शिवप्रसाद ढुंगाना र ऋÈिराम जमरकट्टेलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय (कार्गो अफिस) का ती कर्मचारीले भन्सारका सामान छुटाउने सिलसिलामा घूस लिएको सूचनाका आधारमा गएको अख्तियारको टोलीले शाखा अधिकृत अधिकारीलाई ६१ हजार ५ सय र रेग्मीलाई ७९ हजार ५ सय नगदसहित पक्राउ परेको थियो । उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार डेढ वर्षसम्मको कैद सजाय, घूस लिएको रकम (बिगो) बराबरको हर्जाना तिराउन र बिगोबराबरको थप रकम जरिवाना गर्न मुद्दामा माग दाबी गरिएको छ ।
प्रमुख भन्सार अधिकृत दिव्यराज पोखरेल, भन्सार अधिकृतहरू मिनबहादुर अधिकारी, उद्धव ढुंगाना, लक्ष्मीदत्त जोशी, राजेन्द्र बस्नेत, ध्रुवकुमार रेग्मीलाई भने निजामती सेवा ऐनबमोजिम विभागीय कारबाही गर्न अख्तियारले अर्थमन्त्रालयलाई लिखित निर्देशक दिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा छ ।
सामाजिक सुरÔा भत्ता अनियमितता गरी भ्रष्टाचार गरेको दावीसहित अख्तियारले पर्साको भीमपुर गाविसका सचिव महमद मन्सुर खा“ र कार्यालय सहायक जितेन्द्रप्रसाद चौहानविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूलाई प्रतिवादी बनाई २५ लाख २ हजार ६ सय २५ रुपैया“ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो ।
यसैबीच अख्तियारले भ्रष्टाचारमा संलग्न अध्यागमन विभाग र कार्यालयका कर्मचारीलाई पक्राउ गरिएको विरोधमा नेपाल निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारी युनियनले विज्ञप्ति प्रकाशित गरेकामा दुःख व्यक्त गरेको छ ।
‘भ्रष्टाचार नियन्त्रण गर्न आयोगले निर्वाह गरिरहेको भूमिकालाई उपेक्षा गर्दै कर्मचारी संगठनका जिम्मेवार पदाधिकारीले अपराधको गाम्भीर्यता नबुझी विज्ञप्ति जारी गरेको कार्यप्रति आयोग खेद प्रकट गर्छ’ अख्तियारका प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा छ ।

No comments:

Post a Comment