Saturday, August 3, 2013

अध्यक्ष यादवद्वारा देउवासित भेटवार्ता

काठमाडौं, १९ साउन– मधेशी जनअधिकार फोरम नेपालका अध्यÔ उपेन्द्र यादवले कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवासित शनिबार भेटवार्ता गरेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा बिहान भएको भेटमा दुई नेताबीच संविधानसभाको निर्वाचन, समानुपातिक र संविधानसभाको सिट संख्या, आन्दोलनरत दलका मागलगायतका विÈयमा छलफल भएको थियो ।
भेटवार्ताका क्रममा यादवले फोटोसहितको मतदाता नामावलीमा धेरै मतदाताको नाम छुटेकाले पुनः मतदाता नामावली संकलनका लागि समय थप गर्नुपर्ने, अन्तरिम चुनावी मन्त्रिपरिÈदका अध्यÔ खिलराज रेग्मीले प्रधानन्यायाधीश पदवाट राजीनामा दिनुपर्ने, संविधानसभाको सिट संख्या पुरानै कायम गर्नुपर्ने र जनसंख्याको आधारमा Ôेत्र पुनः निर्धारण्ँ गर्नुपर्नेलगायतका अडान राखेका थिए । उनले ती माग पूरा भए आफ्नो दल चुनावमा सहभागी हुन तयार रहेको जानकारी गराएकोसमेत देउवा निकट स्रोतले दिए ।
स्रोतका अनुसार प्रत्युत्तरमा देउवाले चुनावको मिति सार्ने र सरकार परिवर्तनबाहेकका अरू विÈयमा छलफल गर्न सकिने आश्वासन दिएका थिए । देउवाले चुनाव नै एकमात्र विकल्प भएकाले चुनावी मैदानमा निःशर्त आउनसमेत फोरमसहितका असन्तुष्ट दलहरूलाई आग्रह गरेका थिए ।
यादव नेतृत्वको मोर्चाले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेकाहरूका लागि समय थप्नुपर्ने, रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा, संविधानसभाको संख्या पुरानै कायम गर्नुपर्ने, जनसंख्याको आधारमा Ôेत्र पनुःनिर्धारण्ँ गर्नु पर्ने र सर्वपÔीय सहमतिमा २५ बु“दे बाधा अड्काउ फुकाउ आदेश संशोधनलगायतका माग अघि सार्दै आएको छ ।

No comments:

Post a Comment