Thursday, August 8, 2013

डिजाइन परिवर्तनले तामाकोसीको लागत डेढ अर्ब बढ्ने

निर्माण अवधि दुई महिनामात्र लम्बिने आयोजनाको दाबी
लामाबगर (दोलखा), २३ साउन– बहुचर्चित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कमजोर भौगोलिक अवस्थाका कारण्ँ सुरुङ निर्माण्ँको डिजाइन परिवर्तन गर्नुपर्दा लागत डेढ अर्ब रुपैया“ र निर्माण अवधि कम्तीमा दुई महिना बढ्ने भएको छ ।
मुख्य सुरुङको खन्न बा“की ३.५ किलोमिटर सुरुङको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माण अवधि र लागत दुवै बढ्ने अवस्था आएको जानकारी आयोजनाका अधिकारीले दिए । आयोजनाका निमित्त प्रमुख विज्ञान श्रेष्ठले डिजाइन परिवर्तनका कारण सुरुङ निर्माण खर्च करिब डेढ अर्ब रुपैया“ बढ्ने बताए ।  
‘आयोजनाको आकस्मिक कामका लागि सिभिल संरचना निर्माण्ँको कुल रकम १३ अर्बमध्ये १० प्रतिशत (एक अर्ब ३० करोड रुपैया“) राखिएको छ । सुरुङ निर्माण्ँ गर्दा हालसम्म बचत भएको र आकस्मिक कोÈमा रकमका कारण्ँ डिजाइन परिवर्तन गर्दा पनि सुरुङ निर्माण खर्च बढे पनि आयोजनाको समग्र लागत भने खासै बढ्ने छैन’ श्रेष्ठले कान्तिपुरसित भने । मुलुकमा निर्माणाधीन आयोजनामध्ये लक्ष्यअनुसार कार्य अघि बढिरहेको एकमात्र माथिल्लो तामाकोसीमा अकस्मात डिजाइन परिवर्तन गर्नुपरेका कारण थौरै भए पनि निर्माण अवधि र लागत दुवै बढ्ने स्थिति आएको हो ।
उनका अनुसार मुख्य सुरुङको अन्तिम खण्ड (पेनस्टकतर्फ) तिर कमजोर भौगर्भिक अवस्थाका कारणका पानीको बहाव थेग्न नसक्ने अवस्था आएकाले परामर्शदाता कम्पनी नरकन्सल्टको सिफारिसअनुसार मुख्य सुरुङको खन्नुपर्ने बा“की साढे तीन किमी सुरुङ छड्केपन (स्लोप) ८.३३ प्रतिशतबाट परिवर्तन गरी ०.३ प्रतिशत स्लोपमा खन्न थालिएको छ ।
नर्वेको विश्व विख्यात कम्पनी सिन्टेफले परिक्षणका क्रममा अहिलेकै स्लोपमा सुरुङ बनाउ“दा पेनस्टकतर्फ पानीको चाप (इन्सिटु स्ट्रेस) लाई सुरुङले थेग्न नसक्ने र त्यसबाट सुरुङ विस्फोट भई आयोजनामा अकल्पनीय Ôति पुग्ने प्रतिवेदन दिएको र त्यसैका आधारमा डिजाइन परिवर्तन गरिएको जानकारी आयोजनाका अधिकारीले दिए । कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङमाथि र वरिपरिबाट पहिरो आएर पेनस्टक पाइप नै बन्द गराउने तथा सुरुङमा छिद्र भएर पानी बाहिर निस्क“दा दुर्घटना हुन सक्ने खतरा भएकाले परामर्शदाताको सिफारिसमा डिजाइन परिवर्तन गरिएको हो ।
डिजाइन परिवर्तन भए पनि आयोजनाले विद्युत् गृह र सुरुङ निर्माण कार्य भने यथावत् जारी राखेको छ । श्रेष्ठले भैसे अडिटतर्फको खनिसकिएको अन्तिम बिन्दु (९ सय २५ मिटर) बाट परिवर्तित डिजाइनअनुसार सुरुङ खन्ने कार्य अघि बढिरहेको जानकारी दिए । तर, डिजाइन परिवर्तनका कारण खनिसकिएको ५ सय मिटर सुरुङमा भने स्टिल पाइप राख्नुपर्ने र बा“की नया“ स्लोपअनुसार निर्माण गर्नुपरेकाले लागत र निर्माण अवधि दुवै बढ्ने स्थिति आएको उनले बताए ।
डिजाइन परिवर्तनका कारणले हाल पेनस्टक अडिटतिरबाट भने सुरुङ खन्ने कार्य स्थगित गरिएको छ । ‘डिजाइन परिवर्तनका कारणले गर्दा हाल पेनस्टक अडिटबाट थप सुरुङ खन्ने कार्य गरिएमा उक्त थप खनिएको सुरुङ पछि काम नलाग्ने हुनाले पेनस्टक क्षेत्रको बाहिरी सतहको केही अग्लो भागबाट अर्को थप नया“ अडिट सुरुङ खनी मुख्य सुरुङ खन्नुपर्ने भन्ने परामर्शदाताको सिफारिसअनुसार पेनस्टकतर्फबाट मुख्यसुरुङ निर्माण कार्य हाललाई स्थगित गरिएको हो’ श्रेष्ठले भने– ‘तर, भैंसे अडिटतिरबाट परिवर्तित डिजाइनअनुसार सुरुङ निर्माण कार्य अघि बढिरहेको छ । डिजाइन परिवर्तनबाट यसअघि खनिसकिएको सुरुङ खेर जाने या प्रयोगविहीन हुने छैन ।’
उनका अनुसार मुख्य सुरुङको डिजाइन परिवर्तन गर्ने परामर्शदाताको सिफारिस सम्बन्धमा आवश्यक निर्णयमा पुग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त विज्ञहरूको परामर्श लिने कार्य भइरहेको र निचोडमा पुगेपछि पेनस्टक अडिटतिरबाट पनि सुरुङ खन्ने काम सुरु गरिनेछ ।
विद्युत् गृह थप गहिरो खन्दै जाने क्रममा विभिन्न ठाउ“मा कमजोर चट्टानका कारण चर्कनेलगायतका गम्भीर समस्या उत्पन्न भएको उल्लेख गर्दै आयोजनाका अधिकारीले हाल उक्त चर्कने समस्या हटाउने कार्य भइरहेको जानकारी दिए । ती अधिकारीका अनुसार विद्युत् गृहलाई थप बलियो बनाउन सिमेन्ट फिलिङ र चट्टानलाई जोड्ने फलामे बोल्ट राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । विद्युत् गृहको चर्कने समस्या समाधान गर्न थप चार करोड रुपैया“ खर्च हुनेछ ।
माथिल्लो तामाकोसीको कुल १६ किलोमिटर सुरुङको यसअघिको अनुमानित लागत २ अर्ब ७६ करोड रुपैया“ हो । अहिलेसम्म खनिसकिएको ९ किलोमिटर सुरुङका लागि १ अर्ब ५० करोड रुपैया“ खर्च भएको छ । आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैया“ हो, जसमध्ये हालसम्म १३ अर्ब ६९ करोड खर्च भइसकेको छ ।
आयोजनाका निमित्त प्रमुख श्रेष्ठले डिजाइन परिवर्तनअनुसार विश्लेषण गर्दा आयोजनाको निर्माण अवधि कम्तीमा दुई महिना ढिलो हुने बताए । ‘आयोजनाको पहिलो युनिटबाट उत्पादन सुरु गर्न ७ महिना तथा छवटै युनिटबाट विद्युत् उत्पादन गर्न २ महिना ढिलो भई निर्माण कार्य समग्रमा दुई महिना लम्बिनेछ’ उनले भने । उनका अनुसार २०७२ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना डिजाइन परिवर्तनका कारण २०७३ जेठमा मात्र सम्पन्न हुनेछ ।
स्वदेशी लगानीमा निर्माण्ाँधीन माथिल्लो तामाकोसीको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको छ । मुख्य सिभिल संरचनामध्ये सुरुङ निर्माण्ँ र विद्युत् गृहको काम ९० प्रतिशत तथा बा“ध निर्माण्ँको कार्य ३१.१० प्रतिशत पूरा भइसकेको छ ।

No comments:

Post a Comment