Thursday, August 29, 2013

विमानस्थलमा सेवाग्राहीलाई समस्या पर्न नदिन अख्तियारको निर्देशन

काठमाडौ, १२ भदौ– अख्तियारले अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, वैदेशिक रोजगार विभागसहितका निकायमा कर्मचारीको अभावमा सेवाग्राहीलाई परेको समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
भ्रष्टाचारको अभियोगमा कारबाही अघि बढाएपछि अध्यागमन कार्यालयमा कर्मचारीको अभावले वैदेशिक रोजगारमा जाने कामदारसहित सेवाग्राही समस्यामा परेकोतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अख्तियारले अध्यागमन र वैदेशिक रोजगार विभाग र विद्युत् प्राधिकरणमा कर्मचारीको अभाव हुन नदिन गृह, श्रम र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको हो ।
वैदेशिक रोजगारमा जान लागेका कामदारलाई कर्मचारीको अभाव भएको भन्दै विमानस्थलको अध्यागमन कार्यालयले फर्काउने, काममा ढिलासुस्ती गर्नेजस्ता, सेवाग्राहीलाई घन्टौ कुराउनेजस्ता गुनासा आएको उल्लेख गर्दै अख्तियारले त्यस्ता समस्या समाधानका लागि तत्काल कदम चाल्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।
भ्रष्टाचारको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, प्राधिकरण्ँ र वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ परेपछि ती निकायमा जनशक्तिको अभावले सेवाग्राहीले सास्ती झेल्नुपरिरहेको गुनासो आइरहेका छन् ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा समस्या देखिएको स्थानमा आवश्यक जनशक्तिको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको उल्लेख छ । कर्मचारी नहु“दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित मन्त्रालय र विभागले लिनुपर्ने चेतावनीसमेत अख्तियारले दिएको छ ।

No comments:

Post a Comment