Wednesday, September 26, 2018

तीन किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं, ९ असोज– प्रहरीले तीन किलोग्राम सुनसहित दुई जनालाई संघीय राजधानीबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनपिप्ले र टोखा सडकमा निगरानी गर्ने क्रममा सोमबार राति मोटरसाइकलमा आइरहेका दुई व्यक्तिबाट रसुवागढी नाका हु“दै तस्करी गरी ल्याइएको उक्त परिमाणको सुन बरामद गरेको हो । 
बा ७३ प ३४०२ नम्बरको मोटरसाइकलमा आएका तीन दुई जनाको शरीर खानतलासी गर्ने क्रममा अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा रसुवाको गोसाइकुण्ड गाउ“पालिका–१ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ छन्। चिनिया“ नागरिकबाट सुन लिएर उनीहरू राजधानी आएका हुन्।

रसुवामा घर निर्माणको ठेक्काको काम गर्दै आएका नरबहादुर र पेम्बाले आफूहरूले तिब्बती नाका केरुङबाट काठमाडौंसम्म तस्करीको सुन ल्याउन प्रतिकिलो ५० हजार रुपैया“का दरले लिने गरेको प्रहरीसितको बयानमा उल्लेख गरेका छन् । उनीहरूलाई हिरासतमा थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment