Friday, September 14, 2018

निर्मलाका बाबुआमा न्यायका लागि छटपटिरहन पर्नु दुःखद : राष्ट्रपति

काठमाडौं, २९ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बाबु आमा न्यायका लागि लामो समयदेखि छटपटाइरहन पर्नु दुःखद भएको बताएकी छन् ।
राजधानीमा शुक्रबार आयोजित राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई सम्बोधन गर्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्न अपराधीलाई जतिसक्दो छिटो कानुनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरिन् ।
‘निर्मलाका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहन पर्नु दुःखद् हो । उक्त घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ’ उनले भनिन्– ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा संलग्न अपराधीलाई कानुनी दायराभित्र ल्याई यथाशीघ्र दण्डित गर्न सबै पक्ष संवदेनशील हुनु पर्छ ।’

उनले बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने बताइन् । ‘कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलंक हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ’ उनले भनिन् ।

No comments:

Post a Comment