Tuesday, September 25, 2018

निर्माण व्यवसायी महासंघमा सिंह विजयी

काठमाडौं, ८ असोज– नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले ४६६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत । आइतबार राति सम्पन्न महाधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे, उपाध्यक्षहरूमा प्रदेश नं १ बाट धीरेन्द्रकुमार दाहाल, प्रदेश नं २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश नं ३ बाटा पेम्बा लामा (शेर्पा), गण्डकी प्रदेशबाट राजेन्द्र पहारी, प्रदेश नं ५ बाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खडा र प्रदेश नं ७ बाट टेकबहादुर सेट्ठी निर्वाचित भएका छन् । 
एसोसियट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, उपमहासचिवमा टंकप्रसाद चौलागाई, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हीरणकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सरस्वती कार्की तथा सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार केसी, भीमबहादुर पाल, सूर्यबहादुर खडा, सुमन्त कोइराला, यज्ञप्रसाद खतिवडा, सञ्जयकुमार गुप्ता, शम्भु ठाकुर, होमकुमार शर्मा आचार्य, पञ्चराम तामाङ (पद्म), उत्तम भट्ट, खिमप्रकाश मल्ल, बालाजु श्रेष्ठ, मेघजंग शाह, चन्द्रप्रकाश थकाली, सुरतजंग मल्ल, वीरबहादुर साउद, हरिप्रसाद भट्ट, रामजी पन्त, शिवहरि घिमिरे, उज्ज्वल गौतम र विकास मल्ल चयन भएका छन् ।

निर्विरोध निर्वाचित भएकामा मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह, तराई क्षेत्रबाट सन्तोष साह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मंगलबहादुर शाही र वस्तुगत संघबाट तेजबहादुर राई छन् ।

No comments:

Post a Comment