Sunday, September 23, 2018

‘कर्मीमौरी’ बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंं, ६ भदौ– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पार्टीका नेता तथा कार्यकतालाई कर्मी मौरी जस्तै मेहेनती बन्न निर्देशन दिएका छन् ।
वाम नेतृ साहाना प्रधानको चौथो स्मृति सभालाई शनिबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै उनले कर्मीमौरीको झैं मेहेनतले मात्र देश विकास हुने बताए । ‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’ उनले भने ।
प्रधानमन्त्रीले आफ्नोभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाएका छन् । ‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देशको समृद्धि छिट्टै सम्भव हुन्छ’ उनको भनाइ थियो ।

उनले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने दुष्प्रयास भएकाले मुलुक लामो समय पछाडि परेको दाबीसमेत गरे । ‘वामपन्थीको भूमिकालाई कांग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन’ उनको दाबी थियो– ‘फेरी पनि कांग्रेसले समयमै वामपन्थी सुझाव मानेको भए पञ्चायती व्यवस्था त्यति लामो समय टिक्ने थिएन ।’
 उनले मुलुकको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको बताए । ‘उहा“ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो’ उनले भने ।

No comments:

Post a Comment