Friday, September 28, 2018

अख्तियारद्वारा उपसचिवद्वय पक्राउ

काठमाडौं, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बिहीबार पक्राउ गरेको छ । अख्तियारको टोलीले किर्ते गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दुवै जनालाई बबरमहलको वन परिसर अगाडिबाट पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जानकारी अख्तियार स्रोतले दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरू दुवै जनालाई किर्ते कागजपत्र बनाएर ७० करोड रुपैया“को धन सम्पत्ति बेचबिखन प्रकरणमा संलग्न रहेको आरोपमा खोजी गरिरहेको थियो । ब्युरोले उक्त प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरे पनि पौडेल र रोकाय भने फरार थिए ।  ब्युरोले उनीहरूमाथि छानबिन अघि बढाई खोजी गर्दै आएको थियो । अब उनीहरूमाथि ब्युरो र अख्तियार दुवैले आ–आफ्नो किसिमले छानबिन गरी अनियमितताको अभियोगमा मुद्दा दायर गर्ने जानकारी स्रोतले दिए ।

कम्पनीमा कार्यरत जितबहादुर मगरले शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका सञ्चालक भारतीय नागरिक रामनिरञ्जन जटियाको नाममा रहेको सम्पत्ति किर्ते कागजपत्रका आधारमा बनाएर बेच्नका लागि बैंकमार्फत ३ करोड बैनासमेत लिएका थिए । पौडेल र रोकायसहित १४ जना मगरलाई किर्ते कागजातका आधारमा शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको शेयर बेचबिखन गर्न सघाउने कार्यमा संलग्न थिए । 




No comments:

Post a Comment