Tuesday, September 18, 2018

प्रमुख आयुक्त घिमिरेमाथि सुनुवाइ बिहीबार

काठमाडौं, ३ असोज– संघीय संसदको सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेमाथि बिहीबार सुनुवाइ गर्ने भएको छ । समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई बिहीबार सुनुवाइका लागि बोलाएको छ ।
समितिले सार्वजनिक आह्वान गरेको १० दिनको समयमा घिमिरेविरुद्ध समितिमा एउटा पनि उजुरी नपरेकाले उनलाई सिधै सुनुवाइका लागि बोलाइएको हो ।
सुनुवाइ समितिबाट घिमिरेको नाम अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीले उनलाई प्रमुख आयुक्त नियुक्त गर्ने छिन् ।

 गत भदौ २० मा संवैधानिक परिषद बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको थियो । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा ६५ वर्ष उमेर पूरा गरी सेवानिवृत्त भएपछि घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

No comments:

Post a Comment