Monday, September 17, 2018

हिमालको पानी निर्यात गर्न जापानको सुझाव

काठमाडौं, ३१ भदौ जापानको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी गर्न नेपाललाई सुझाव दिएको छ ।  नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतस“ग भेटवार्ता गरी नेपालको हिमालय क्षेत्रको पानी निर्यात गर्न सुझाव दिएको हो । 
जापानी प्रमण्डलका सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर अब सबभन्दा ठूलो संकट पानीको आउने उल्लेख गर्दै हिमालय क्षेत्रमा रहेको पर्याप्त पानीलाई विदेशमा बेचेर नेपालले मनग्य पैसा कमाउन सक्ने धारणा राखेका थिए । 
प्रत्युत्तरमा मन्त्री बस्नेतले हिमालय क्षेत्रको पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन गरिरहेको जानकारी गराएका थिए । उनले मुलुकमा बढो सहरीकरणस“गै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको जानकारी गराए ।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका जापानको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताऐ । पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले त्यसमा सबै मिलेर काम गर्नुपर्ने बताए ।


No comments:

Post a Comment