Thursday, September 20, 2018

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौं, ३ असोज– उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छदिने औपचारिक भ्रमणका लागि बुधबार प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले पुनलाई बिदाई गरेका थिए । उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेन्दुमा बिहीबारदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुनेछन् ।
उनले बिहीबार अन्तर्राष्ट्रिय मेलाको उदघाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बिहीबार नै ‘एक क्षेत्र एक मार्ग’ (बीआरआई) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । 
चीनका उपप्रधानमन्त्री, चिनिया“ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले उपराष्ट्रपति पुनसित शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने छन् । उनी असोज ८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment