Sunday, September 16, 2018

उपराष्ट्रपति चीन जाने

काठमाडौं, ३० भदौ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन असोज ३ मा चीन जाने भएका छन् । चिनिया“ कम्युनिष्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्तका सचिव फङ छिङह्वा र चिनिया“ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ देखि सुरु हुने मेलाको उदघटन समारोहलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उनले असोज ५ मा छेन्दुमा आयोजना हुने ‘डिजिटल फोरम’ लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । चीनमा रह“दा उनले चीन सरकारका उच्च पदाधिकारी, चिनिया“ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका पदाधिकारीलगायतस“ग पनि भेटवार्ता गर्नेछन् । 
पुनले सिचुवानका विकास परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौडयाल, परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत सहभागी हुनेछन् । उनी असोज ८ गते स्वदेश फर्कने छन् । पुनले अघिल्लो कार्यकालमा दुईपटक चीनको औपचारिक भ्रमण गरेका थिए । 




No comments:

Post a Comment