Sunday, September 23, 2018

भारतीय कलाकार जया पर्यटन सदभावना दुत

काठमाडौं, ६ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसदका पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सदभावना दूत नियुक्ति गरेको छ । मुलुकमा भारतीय पर्यटकको संख्या बढाउने उद्धेश्यले मन्त्रीस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सदभावना दूत नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र नै भएको र पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजारसमेत भएको सन्दर्भमा जयाको नियुक्तिले भविष्यमा ठूलो सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेको छ ।

 सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रूपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

No comments:

Post a Comment