Sunday, September 23, 2018

महिला हिंसा र महँगीको विरोधमा महिला प्रदर्शन

काठमाडौं, ७ भदौ– कांग्रेसको भातृ संगठन नेपाल महिला संघले मुलुकभर बढो महिला हिंसा र महँगी नियन्त्रण गर्न माग गर्दै आइतबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । संघको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिको अगुवाइमा महिलाहरूले पछिल्लो समय बढदै गएको बलात्कार, हत्या, हिंसा र महँगीको विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा महिलाहरूले ‘बलत्कारीलाई कारबाही गर’, ‘दसैंको मुखमा बढो महँगी नियन्त्रण गर’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ जस्ता नारा लगाका थिए ।  माइतीघर मण्डलाबाट सुरु भएको ¥यालीले बबरमहल पुगेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत महिला हिंंसा र मूल्य वृद्धि नियन्त्रण गर्न तत्काल कदम चाल्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै संघकी अध्यक्ष उमा रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र मह“गी नघटाएसम्म सरकारविरुद्ध महिलाहरूले निरन्तर आन्दोलन गरिरहने चेतावनी दिइन् । 

उनले बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी किशोरी निर्मला पन्तका दोषीलाई दुई महिना हुन लागिसक्ता पनि पत्ता लगाई कारबाही गर्न नसक्नुले सरकार र प्रहरी प्रशासन पंगु प्रमाणित भइसकेको आरोप लगाइन् ।

No comments:

Post a Comment