Saturday, September 1, 2018

बिमस्टेक मुलुकको सैन्य अभ्यास भदौ २५ देखि

काठमाडौं, १६ भदौ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास भदौ २५ देखि ३१ सम्म भारतको पुनामा हुने भएको छ । 
उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता रहने जानकारी नेपाली सेनाले दिएको छ ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार बिमस्टेक सदस्य राष्ट्रका सैनिकहरूको पहिलो पटक हुने संयुक्त अभ्यास प्रतिआतंकवाद र विपद व्यवस्थापन विषयमा केन्द्रित रहने छ । 
यस्ता अभ्यासले एक–अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझ्न, अनुभव आदानप्रदान गर्न, विपदो समयमा मिलेर खोजतलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरू सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास निर्देशनालयले व्यक्त गरेको छ ।

उक्त अभ्यासको निरीक्षण सदस्य राष्ट्रका सेना प्रमुखहरूसमेत पुना पुग्ने कार्यक्रमसमेत छ । पछिल्ला समयमा विपद् व्यवस्थापन र प्रतिआतंकवादका विषयमा केन्द्रित रहेर विभिन्न देशका सैनिकसित नेपाली सेनाले संयुक्त अभ्यास गर्ने गरेको छ ।

No comments:

Post a Comment