Sunday, September 23, 2018

प्रधानमन्त्रीको मातहत दुइटा थिंक ट्यांक गठन

काठमाडौं, ६ भदौ– सरकारले प्रधानमन्त्री केपी ओलीको मातहतमा रहने गरी दुई वटा थिंक ट्यांक गठन गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ती उद्योग, वाणिज्य तथा समग्र आर्थिक, प्रशासनिक र परराष्ट्र मामिला हेर्ने गरी दुइटा थिंक ट्यांक गठन गरेको हो ।
सरकारले उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन संवाद परिषद् गठन गरेको छ । परिषदको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । परिष्दमा सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यवसायी, प्रतिनिधिको सहभागिता रहनेछ । 
सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी त्यसलाई मुलुकको ‘थिंक ट्याङ्क’ का रूपमा अगाडि बढाउने भएको छ । 

प्रतिष्ठानको सदस्यमा प्रा. डा. चैतन्य मिश्र, डा. मीना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र गणेशमान गुरुङ छन् । प्रतिष्ठानको अध्यक्षता कसले गर्ने मन्त्रिपरिषदले केही पनि सार्वजनिक गरेको छैन ।

No comments:

Post a Comment