Saturday, September 1, 2018

पश्चिम सेतीलाई तामाकोसी मोडेलमा बनाऊँ : देउवा

काठमाडौं, १६ भदौ– प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलाशययुक्त आयोजना माथिल्लो तामाकोसी मोडेलमा बनाउन सरकारलाई आग्रह गरेका छन् । चिनिया“ कम्पनी थ्री गर्जेजले ७५० मेगावाटको आयोजनामा लगानी नगर्ने संकेत सरकारलाई दिएपछि देउवाले ७ नं. प्रदेशका लागिमात्र नभई मुलुककै लागि महत्वपूर्ण आयोजना स्वदेशी लगानीमा निर्माण गर्न आग्रह गरेका हुन् ।
उनले ऊर्जा मन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई फोन सम्पर्क गरी तामाकोसी मोडेल सफल रहेको उदाहरण दिंदै त्यही ढा“चामा पश्चिम सेती आयोजना अघि बढाउन आग्रह गरेका हुन् । ‘सरकार, नेपाली जनता र स्थानीबासीको लगानीमा बनिरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माणको मोडेल सफल र उदाहरणीय छ’ देउवाले पुन र अधिकारीसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसित भने– ‘पश्चिम सेती पनि सरकार, नेपाली जनता र स्थानीयबासीको शेयरमा निर्माण गर्ने प्रक्रिया अघि बढाऔं । त्यसरी बनाउ“दा आयोजना सफल हुन्छ ।’

देउवाले शनिबार ट्विट गरी पश्चिम सेतीलाई तामाकोसी मोडेलमा बनाउन सकिने उल्लेख गरेका छन् । ‘पश्चिम सेती जलाशययुक्त आयोजनाले सुदूर पश्चिमलाई मात्र होइन सिंगै मुलुकको कायाकल्प गर्नेछ । त्यही कारण परिवर्तित सन्दर्भमा पश्चिम सेतीलाई माथिल्लो तामाकोसी आयोजना बनाएजसरी नै नेपाली जनताबाट निर्माण गर्न सकिन्छ ।’

No comments:

Post a Comment