Tuesday, September 18, 2018

फोरमले ‘कालो दिवस’ नमनाउने

काठमाडौं, १ असोज– सत्तारूढ संघीय समाजवादी फोरम नेपालले संविधान दिवसका दिन मंगलबार ‘कालो दिवस’ नमनाउने भएको छ । फोरमले सोमबार विज्ञप्ति जारी गरी सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टीस“ग संविधान संशोधन गर्ने समझदारी भइसकेकाले तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको जनाएको छ ।
फोरमले अघिल्ला वर्षमा संविधानप्रति असहमति जनाउ“दै संविधान दिवसका दिन कालो दिवस मनाउने गरेको थियो । फोरमले संविधानसभाबाट जारी संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुने तत्काल कुनै निर्णय नगरेको उल्लेख गरेको छ ।

‘संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउ“दै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरूस“ग समझदारी भएको छ’ फोरमका उपमहासचिव प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ । 

No comments:

Post a Comment