Monday, September 10, 2018

प्रधानन्यायाधीशमा सिफारिस मिश्रमाथि आज सुनुवाइ

घिमिरेविरुद्ध उजुरी आह्वान
काठमाडौं, २४ भदौ– संघीय संसदको सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ गर्ने भएको छ । समितिको सोमबार बस्ने बैठकले मिश्रविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाबारेमा सुनुवाइ गर्ने छ ।
समितिको आइतबारको बैठकले मिश्रविरुद्ध परेका चार उजुरीका बारेमा सिकायतकर्तास“ग सोधपुछ गरेपछि उनलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको जानकारी समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले दिए । 
चार उजुरीकर्तामध्ये एक जनाले आइतबार नै फिर्ता लिएका छन् । समितिले बा“की तीन उजुरीकर्तास“ग आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको समितिले मिश्रमाथि सुनुवाइ गर्न लागेको हो ।

जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषदले सर्वाेच्च अदालतका जोशीपछिका वरिष्ठतम न्यायाधीश मिश्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरी सुनुवाइका लागि पठाएको हो । सुनुवाइबाट अनुमोदन भएपछि मिश्रलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।
यसैबीच सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेविरुद्ध आइतबार सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गरेको छ ।
समितिले असोज १ भित्र आफ्नो कार्यालयमा सोझै उपस्थित भएर, इमेलमार्फत अथवा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचना प्रकाशित गरेको हो । समितिले उजुरीमा नाम थर, वतन र सम्पर्क माध्यम खुलाउनुपर्नेसमेत सूचनामा उल्लेख गरेको छ । उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिनेसमेत सूचनामा छ । 
२०७१ मा उनी अख्तियारको आयुक्त बनेका थिए । प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि गत फागुन १ देखि घिमिरे कार्यवाहक प्रमुखका रूपमा कार्यरत छन् । संवैधानिक परिषदले उनलाई भदौ २० मा प्रमुख आयुक्तमा सिफारिस गरेको हो । समितिको असोज २ मा बस्ने बैठकले उजुरीमाथि अध्ययन गरी घिमिरेमाथि सुनुवाइको दिन तय गर्नेछ ।



No comments:

Post a Comment