Friday, September 28, 2018

थपलियाको परिवारलाई करिब १२ लाख सहयोग

काठमाडौं,  ११ असोज– कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन र पत्रकार–कर्मचारीले कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक स्व. यादव थपलियाको परिवारलाई करिब १२ लाख रुपैया“ सहयोग गरेका छन् । कान्तिपुर परिसरमा बिहीबार आयोजित कार्यक्रममा केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले थपलियाकी पत्नी गंगा खतिवडालाई ११ लाख ९३ हजार ५ रुपैया“को रसिद (मुद्दति खातामा जम्मा गरिएको रकमको कागजात) हस्तान्तरण गरे ।
कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार–कर्मचारीले  ६ लाख ७३ हजार ५ र व्यवस्थापनले ५ लाख र फोटो पत्रकार नरेन्द्र श्रेष्ठले २० हजार रुपैया“ थपलियाका दुई छोरीको शिक्षादिक्षा र पालन पोषणका लागि सहयोग संकलन गरेका थिए । नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले संकलित सहयोग रकम खतिवडाको नाममा एनआईसी एसिया बैंकमा ५ वर्षका लागि मुद्दति खातामा जम्मा गरिदिएको छ ।
कार्यक्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले स्व. थपलियाका दुई नाबालिग छोरीको शिक्षादिक्षा र उज्ज्वल भविष्यका लागि कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा भविष्यमा पनि सहयोग गर्न तयार रहेको बताए । थपलियाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा असार १५ मा ३९ वर्षको उमेरमा निधन भएको थियो । उनका पत्नी र दुई छोरी छन् । 


No comments:

Post a Comment