Monday, September 17, 2018

अनुसन्धान गर्न खटिएका प्रहरीमाथि नै छानबिन गर्न समिति गठन

निर्मला हत्या प्रकरण
काठमाडौं, ३१ भदौ– सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार समितिमा एसएसपी निरजबहादुर शाही, एसपी उत्तम सुवेदी र छानबिनमा विज्ञ प्रहरी अधिकृत छन् ।
पन्तको बलात्कार र हत्याको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको गतिविधि र भूमिका ‘शंकास्पद’ देखिएका कारण उनीहरूमाथि छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ । ‘निर्मला पन्तको बलात्कार र हत्याको घटनाको छानबिन गर्नका लागि नभई त्यसको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भूमिका र गतिविधिको छानबिन गर्न समिति गठन भएको हो’ प्रवक्ता क्षेत्रीले कान्तिपुरसित भने । 
उनका अनुसार उक्त समितिलाई म्याद नतोकी यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । पन्तको हत्या र बलात्कारको घटनाको छानबिन कञ्चनपुरमा गएका नया“ प्रहरी अधिकारीहरूको टोलीले गरिरहेको जानकारीसमेत प्रहरी प्रधान कार्यालय स्रोतले दिएको छ ।

नेपाल प्रहरीले गत भदौ १४ मा एसएसपी सुवेदीको संयोजकत्वमा गठित समितिलाई डीआईजीको नेतृत्वमा रूपान्तरण गरिएको हो । गृह मन्त्रालयद्वारा सहसचिव हरि मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ । कञ्चनपुरका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट नेतृत्वको अनुसन्धानमा आशंका उत्पन्न भएपछि गृह मन्त्रालयले नया“ एसपी पठाएर अनुसन्धान सुरु गरेको छ । एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई काठमाडौंमा फिर्ता गरी भदौ ९ देखि नै निलम्बन गरिसकिएको छ। गृह मन्त्रालयले शनिबार दुई डीएसपीसहित पा“च जनालाई निलम्बन गरेको छ । निलम्बनमा परेकामा डीएसपीद्वय ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकीन्द्र खडका, प्रहरी सहायक निरीक्षक रमासिंह धामी छन् ।
अनुसन्धानमा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइयो
गृह मन्त्रालयले निर्मला पन्तको घटनाको अनुसन्धान संलग्न सबै प्रहरी अधिकृतलाई जिम्मेवारीमुक्त गरी राजधानीमा फिर्ता बोलाएका छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको भूमिकामाथि आशंका गरी अनुसन्धान सुरु गरिसकेको छ । घटनामा कसको के भूमिका रह्यो ? कसको के कमजोरी देखियो ? भन्ने विषयमा डीआईजी बस्नेतको समितिले अनुसन्धान गर्नेछ । ‘नया“ समितिले अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीको के कस्तो गल्ती रह्यो थप खुल्छ’ समितिमा रहेका एक प्रहरी अधिकारीले भने । 

No comments:

Post a Comment