Sunday, September 16, 2018

दुई मुख्यमन्त्री चीन भ्रमणमा जाँदै

काठमाडौं, ३० भदौ– गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्री क्रमशः पृश्वीसुब्बा गुरुङ र महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाने भएका छन् । संघीय मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले दुवै मुख्यमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो । मुलुकमा प्रादेशिक सरकार बनेपछि पहिलोपटक दुई मुख्यमन्त्री एक साता लामो विदेश भ्रमणमा जान लागेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सेप्टेम्बर २५ देखि १ अक्टुबरसम्म चीनको हैनान प्रान्तको भ्रमण गर्नेछन् । गण्डकी प्रदेशका प्रमुखसचिव लक्ष्मीराम पौडेलका अनुसार हैनान प्रान्तको सरकारको निमन्त्रणमा गुरुङ भ्रमणमा जान लागेका हुन् । उनको साथमा प्रमुखसचिव पौडेल, प्रादेशिक योजना आयोगका उपाध्यक्ष गिरीधारी पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे भ्रमणमा जानेछन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भने सेप्टेम्बर २४ देखि ३० सम्म चीनको सिचुआन प्रान्तको भ्रमण गर्नेछन् । कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाका अनुसार शाही सिचुआन प्रान्तको सरकारको निमन्त्रणमा भ्रमणमा जान लागेका हुन् । शाहीको साथमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश सभासद भैरव रेग्मी भ्रमण टोलीमा रहनेछन् । दुवै मुख्यमन्त्रीको भ्रमणले चीन र नेपालबीच प्रान्तीय सरकारस्तरमा सम्बन्ध स्थापना र सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास प्रदेश सरकारका अधिकारीहरूको छ ।
यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जान लाग्दा संघीय मन्त्रिपरिषदले भ्रमण कार्यक्रम अस्वीकृत गरेको थियो । उनी अमेरिकामा मधेसी समाजको कार्यक्रमलाई सम्बोधन गर्न भ्रमणमा जाने तयारीमा थिए ।



No comments:

Post a Comment