Wednesday, September 12, 2018

प्रहरीले दृष्टिका सम्पादक श्रेष्ठसित बयान लियो

काठमाडौं, २७ भदौ– नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रहरी कार्यालयमा बुधबार बोलाएर बयान लिएको छ । दृष्टि साप्ताहिकको समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा ठेचोस्थित घरबाट हत्कडी लगाएर नियन्त्रणमा लिइएका खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको बयानका आधारमा प्रहरी परिसरले श्रेष्ठलाई पत्राचार गरी आफ्नो कार्यालयमा बोलाएर बयान लिएको हो ।
श्रेष्ठले पटक पटक बोलाउ“दा पनि नगएपछि प्रहरीले आफूलाई उपस्थित हुन पत्र नै पठाएपछि बयान दिन गएको बताए । उनले समाचार छापेको या साभार गरेको आधारमा प्रहरीले पक्राउ गर्नु र बयान दिन बोलाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए । ‘खोजलसामा छापिएको समाचार मेरो पत्रिका र अनलाइनमा छापिएको होइन । हेडलाइन र समाचारको कुनै पनि अंश मिल्दैन भनेर बयान दिए“’ उनले कान्तिपुरसित भने– ‘मेरो पत्रिकामा छापिएको समाचार अरुले सार्ने अनि मैले बयान दिदै हिड्नु पर्ने ?  प्रहरीले यसरी बयान लिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ 

दृष्टि साप्ताहिकले आफ्नो वेबसाइटमा राखेको पत्रमा विद्युतीय कारोबार ऐनअन्तरगत मुद्दा चलाई हिरासतमा रहेका बस्नेतले दिएको बयानलाई आधार मानेर कुरा बुझ्नुपर्ने भएकाले कार्यालयमा उपस्थित हुन भनिएको छ । ‘दृष्टि साप्ताहिकको २०७५ भदौं १९ गते प्रकाशित अंकमा ‘हरिसिद्धिको जग्गा गैर कानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकमा समाचार खोजतलासले साभार गरेको बयान प्रहरीमा दिएकोले त्यस विषयमा बुझ्न भन्दै दृष्टि मिडिया प्रा.लि.लाई प्रहरीले बयानका लागि बोलाएको हो’ दृष्टि साप्ताहिकले आफ्नो वेबसाइटमा लेखेको छ ।
प्रहरीले ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक बस्नेतलाई ४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको छ । बस्नेतलाई एक महिनाअघि मात्र प्रहरीले समाचार लेखेर फेसबुक र पत्रिकाको अनलाइनमा सेयर गरेको भरमा नियन्त्रणमा लिएर दिनभर थुनेर छोडेका थिए । त्यतिबेला बस्नेतले ‘हरिसिद्धिको जग्गा कब्जा गर्न नेकपाको नेताको गिद्दे नजर, मन्त्रीका भतिजोद्वारा मालपोतका कर्मचारीलाई सरुवा गर्ने धम्की’ शीर्षकमा समाचार लेखेका थिए । यो मुद्दामा भने प्रेस काउन्सिलले नै मिलापत्र गराएको थियो ।

No comments:

Post a Comment