Friday, September 21, 2018

फास्ट ट्रयाक समयमै बन्छ : नेपाली सेना

काठमाडौं, ४ भदौ–  नेपाली सेनाले रणनीतिक महत्वको काठमाडँैं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्धारित समयमै निर्माण गरिसक्ने दाबी गरेको छ ।
सैनिक मुख्यालय जंगी अडडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खा“णले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण भए पनि तोकिएको समयभित्रै निर्माण गर्न नेपाली सेना सक्षम हुने दाबी गरे ।
उनले सेनाले सडकको रेखांकनअनुरुप डा“डा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी पुर्ने काम तीव्र रूपमा अगाडि बढाइरहेको बताए । ‘समयतालिका बनाई कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाउने काम भइरहेको छ’ उनले भने ।  उनले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको जानकारी दिए ।

उनले कम्पनीस“ग दुई साताभित्रै सम्बन्धी सम्झौता हुने उल्लेख गर्दै सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार हुने विश्वास व्यक्त गरे । डीपीआर करीब १० करोड १५ लाख रुपैया“को लागतमा तयार हुनेछ । उनका अनुसार सेनाले प्रस्तावित ७६ किमी लामो द्रुत मार्गलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत ट्रयाक स्तरोन्नतिको काम गरिरहेको छ ।

No comments:

Post a Comment