Sunday, September 23, 2018

माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा बनाइने

काठमाडौं, ६ भदौ– सरकारले ३ सय ३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी मोडेलमा निर्माण अघि बढाउने भएको छ । मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले कम्पनी मोडेलमा निर्माण गरिएका आयोजनाहरू सफल रहेको निष्कर्ष निकाल्दै लगानी र प्रतिफलका हिसाबले आकर्षक मानिएको माथिल्लो अरुणसमेत त्यही मोडेलमा बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले विद्युत प्राधिकरणलाई सरकारी स्वामित्वको अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत माथिल्लो अरुण आयोजना निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले दिए । कम्पनी विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा रहनेछ । मन्त्रिपरिषदको स्वीकृतिस“गै प्राधिकरणले स्वपू“जी (इक्विटी) आफैं राखेर अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी स्थापना गरी आयोजनाको काम अघि बढाउने बाटो खुलेको छ । 

आयोजनाको सम्भाव्यता अध्ययन विश्व बैंकको सहयोगमा भइरहेको छ । आयोजनाको लागत करिब ५५ अर्ब रुपैया“ लाग्ने प्रारम्भिक अध्ययनको निष्कर्ष छ । 

No comments:

Post a Comment