Sunday, September 16, 2018

अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौं, ३० भदौ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल शनिबार चीन प्रस्थान गरेका छन् । भारतको भ्रमण सकेर फर्केको दुई साता नपुग्दै दाहालले चिनिया“ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् । चीन उडनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै दाहालले नेकपा र चिनिया“ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको जानकारी दिए । 
चीन भ्रमणका क्रममा उनले विगतमा दुई सरकारबीचमा भएको सहमति, सम्झौता तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूले पहल गर्ने बताए । दाहालले चिनिया“ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूस“ग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम छ । 
उनले पार्टीभित्र प्रदेश, जिल्ला, स्थानीय तह कमिटी तथा जनवर्गीय संगठनहरूको एकीकरणलाई टुंग्याउने विषयमा छलफल भइरहेको उल्लेख गर्दै दसैं अगाडि नै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । ‘म चीन भ्रमणबाट फर्केर आउने बित्तिकै एकतामा बा“की रहेका विषयलाई निष्कर्षमा पु¥याइन्छ । दशैंअगावै एकताका सबै विषय टुंगिन्छ’ उनले भने ।




No comments:

Post a Comment