Sunday, September 16, 2018

निर्मलाको न्यायका लागि देशभर प्रदर्शन

काठमाडौं, ३० भदौ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै शनिबार मुलुकभर प्रदर्शन भएको छ । राजधानीमा स्वस्फुर्त रूपमा उत्रिएका हजारौं सर्वसाधारणले माइतीघर मण्डलादेखि नया“ बानेश्वरसम्म निर्मलाको पक्षमा न्याय माग्दै प्रदर्शन गरे ।
प्रदर्शनकारीले निर्मलालाई बलात्कार र हत्या गर्ने वास्तविक दोषी तत्काल पत्ता लगाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसित माग गरेका थिए ।
प्रदर्शनकारीले ‘निर्मलाका निम्ति न्याय’, ‘दोषीलाई उन्मुक्ति, निर्दोषलाई यातना’, ‘सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा’, ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ लगायतका प्लेकार्ड बोेकेको थिए । राजधानीको प्रदर्शनमा निर्मलाका आमाबुबा समेत सहभागी थिए ।


No comments:

Post a Comment