Wednesday, September 12, 2018

केसी छानबिन समितिको काममा फर्किए

काठमाडौं, २७ भदौ– उपसचिव वीरेन्द्रबहादुर केसी बुधबारदेखि कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको काममा फर्किएका छन् । दुई दिनअघि राजिनामा घोषणा गरेका केसीले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी छानबिन समितिको काममा फर्कने घोषणा गरेका हुन् । ७ नं प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले छानबिन समितिको म्याद थप्ने निर्णयमा असहमति जनाउ“दै सोमबार पत्रकार सम्मेलन गरी राजिनामा दिएका थिए ।
उनले बुधबार गृहमन्त्री रामबहादुर थापा र गृह सचिव प्रेमकुमार राईसहितका उच्च अधिकारीसित भेटी छलफल गरेपछि आफूले समितिबाट राजिनामा दिने निर्णय फिर्ता लिएको बताए । उनले केही असमझदारीका कारण आफूले राजीनामा दिएको उल्लेख गर्दै गृहमन्त्रीलगायतका उच्च अधिकारीसितको छलफलपछि असमझदारी हटेका कारण आफू काममा फर्केको बताए ।

‘बुधबार बिहान गृहमन्त्री र गृहसचिवज्यूलगायत विशिष्ट व्यक्तिस“ग मेरो झण्डै दुई घण्टा छलफल भयो । छलफलमा गृहमन्त्रीज्यू र मेरो धारणा एउटै रह्यो । तर बीचमा कम्युनिकेसन ग्याप भएका कारण बुझाइमा फरक भएको रहेछ । त्यसपछि म समितिमा फर्कन तयार भए“’ उनले भने । उनले गृहमन्त्रीसहितले आफूलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने आश्वासन दिएकोसमेत उल्लेख गरे । ‘मलाई प्राप्त कार्य जिम्मेवारीबाट अलग रहेरभन्दा थप भएको कार्यावधिमा छानबिन कार्यमा पुनः संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी गर्नु राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक बुधबारदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउ“छु ।’ 
उनले भदौ १५ गते एक्लै निर्मलाको साइकल भेटिएको स्थानमा स्थलगत अध्ययन गरिरहेका बेला एक जना व्यक्ति आएर आफूलाई धम्की दिएको दाबी गरे । ‘घटनास्थल हेरिरहेको थिए“, एक जना मोटो मान्छे आएर मलाई सर तपाईंको काम राम्रो छ तर यहा“ यसभन्दा अगाडि यस्ता घटनामा ट्रकले ब्रेक फेल भयो भन्दै मान्छे किचेर मारिदिने गरेका छन् । तपाईं पनि एक्लै हुनुहुन्छ अलि ख्याल गर्नुस् है भनेर धम्की दिए ।’ 

No comments:

Post a Comment