Sunday, September 23, 2018

थप दुई राष्ट्रिय गौरवका आयोजना

काठमाडौं, ६ भदौ– सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेसनको सहयोगका दुई आयोजनालाई राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले अमेरिकी सहयोगमा निर्माण गर्न लागिएका काठमाडौंको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन र दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो ।
दुई आयोजनालाई राष्ट्रिय महत्व दिएर निर्माण कार्य अघि बढाउन सरकारले राष्ट्रिय गौरवको मान्यता दिएको हो । यी दुइटा थपिएपछि मुलुकमा राष्ट्रिय गौरवका आयोजना २३ वटा पुग्नेछन् । दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजना निर्माणाधीन १४० मेगावाटको तनहु“ हाइड्रो, डीपीआर निर्माणका क्रममा रहेको १०४ मेगावाटको तल्लो सेतीसहित उक्त क्षेत्रमा निर्माण हुने जलविद्युत परियोजनाहरूको विद्युत केन्द्रीय प्रसारणमा जोडने र बुटवलसम्म पु¥याउने राष्ट्रिय महत्वको आयोजना हो ।

लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइनसमेत राजधानी उपत्यकामा बढी विजुली ल्याउन निर्माण हुने आयोजना हो । अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि नेपाललाई ५० रुपैया“ अर्ब रुपैया“ अनुदान सहयोग उपलब्ध गराएको छ । 

No comments:

Post a Comment