Tuesday, September 18, 2018

नेविसंघद्वारा गृहमन्त्रीको राजिनामा माग

काठमाडौं, १ असोज– प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेकामा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । नेविसंघले राजधानीमा सोमबार विरोध प्रदर्शन गरी पन्तको हत्या प्रकरणमा दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गर्दै थापाको राजिनामा मागेको हो ।
प्रदर्शनका क्रममा नेविसंघले सरकारले नै निर्मलाको हत्यारालाई संरक्षण गरेको आरोप लगाउ“दै प्रधानमन्त्री केपी ओलीप्रति समेत आक्रोश व्यक्त गरेको थियो । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही गर्न अब पनि ढिलाइ गरिए देशव्यापी आन्दोलन चर्काउने घोषणा गरे ।

 नेविसंघका नेताहरूले मुलुकभर बढदो हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्न सरकार असक्षम भएका कारण आफूहरू सडक संघर्षमा आउन बाध्य भएको उल्लेख गरेका थिए । 

No comments:

Post a Comment