Thursday, August 1, 2019

अब रेस्टुरेन्ट र क्याफे नै ‘सार्वजनिक शौचालय’

काठमाडौं, १५ साउन– काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट र क्याफेस“ग सहकार्य गरी शौचालय सुविधा उपलब्ध गराउने भएको छ । पहिलो चरणमा ५० वटा होटल, रेस्टुरेन्ट र क्याफेका शौचालयमा निर्वाध रूपमा महानगरबासी र पर्यटकलाई दिसापिसाब गर्न पाउने सशुल्क सेवा दिन लागेको हो ।
राजधानीका मुख्य चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्न मह“गो पर्नेमात्र नभई बनाउनका लागि ठाउ“को अभावसमेत रहेकाले विकल्पमा विदेशी मुलुकका ठूला महानगरमा जस्तै होटल, रेस्टुरेन्ट र क्याफेभित्र सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी महानगरका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार अबको दुई÷तीन महिनाभित्रै राजधानीका ५० होटल, रेस्टुरेन्ट र क्याफेमा शौचालय सुविधा उपलब्ध गराउन महानगरले आवश्यक काम अघि बढाइरहेको छ । महानगरले पहिलो चरणमा आफ्नो क्षेत्रभित्रका ५० वटा होटल, रेस्टुरेन्ट र क्याफेका सञ्चालकसित वार्ता गरी तिनका शौचालयमा ‘सार्वजनिक शौचालय’ को सुविधा दिनेबारेमा प्रारम्भिक समझदारी गरिसकेको छ ।
महानगरभित्रका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार तिनमा महानगरबासी र पर्यटकले कुनै पनि खानेकुरा नखाए पनि तोकिएको शुल्क तिरेर शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय प्रयोग गरेबापत लाग्ने शुल्क भने टुंगो लगाउन बँ“की छ ।
सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न आवश्यक थप पानी उपलब्ध गराउने र दिसापिसाब गर्दा लाग्ने शुल्कको टुंगो लागेपछि महानगर र ती होटल, रेस्टुरेन्ट र क्याफेबीच सम्झौता हुने छ । ‘सम्झौता भएपछि तोकिएका होटल, रेस्टुरेन्ट र क्याफेका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा उपयोगमा ल्याइने छ’ महानगरका ती अधिकारीले भने– ‘सम्झौता भएपछि शुल्क तिरेर दिसापिसाब गर्न पाइने होटलहरूको नाम महानगरले सार्वजनिक गर्ने छ ।’
महानगरमा उपलब्ध सार्वजनिक शौचालयभन्दा होटल र रेस्टुरेन्टको शौचालयमा बढी शुल्क तिर्नु नपर्नेसमेत महानगरका अधिकारी बताउ“छन् । ती अधिकारीका अनुसार दोस्रो चरणमा राजधानीका थप होटल, रेस्टुरेन्टर र क्याफेसित सहकार्य गरी सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराउ“दै जाने कार्यक्रम रहेको जानकारी महानगरले दिएको छ ।
‘अबको दुई÷तीन महिनापछि नै राजधानीमा हिडदा या घुम्दा दिसापिसाब लागेमा शौचालय खोज्न भौंतारिनु पर्ने छैन’ महानगरका एक अधिकारी भन्छन्– ‘छानी छानी राम्रा होटल, रेस्टुरेन्ट र क्याफे छिरेर दिसापिसाब गर्न सकिने छ । त्यसका लागि होटल छिरेर कुनै खानेकुरा खानुपर्ने छैन । तोकिएको शुल्क ति¥यो, शौच ग¥यो, निस्कियो गर्न पाइने छ ।’
मुलुकको केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरभित्र सार्वजनिक शौचालय अत्यन्त कम संख्यामा छन् । भएका शौचालय पनि सरसफाइ र पानीको अभावले अत्यन्त फोहोर छन् । महानगरले भएका शौचालयलाई समेत सफा र स्तरोन्नति गर्ने योजनासमेत अघि बढाउने भएको छ ।



No comments:

Post a Comment