Sunday, August 18, 2019

एकता नगरेको भए विकल्प रहन्थे कि जस्तो पनि लाग्छ ः दाहाल

काठमाडौं, ३२ साउन– पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको तत्कालीन माओवादी केन्द्रले सबै विकल्प समाप्त पारेर तत्कालीन एमालेसित पार्टी एकता गरेको बताएका छन् ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले अब सबै विकल्प समाप्त भएकाले अब एकतालाई सुदृढ गर्नुको विकल्प नरहेको बताए ।
उनले पार्टी एकता सुदृढ नभए मुलुक सफल नहुने र कम्युनिस्ट आन्दोलनसमेत असफल नहुने बताए ।
‘कहिलेकाही“ यसो (पार्टी एकता) नगरेको भए बरु कही“ न कही“ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर पार्टी एकता गर्दा पनि हामीले सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ’ उनले भने ।
उनले यही चिन्ताका कारण अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै पार्टी प्रक्रियालाई टुंग्याउन लागिगएको बताए । उनले शुक्रबार बसेको सचिवालय बैठकले पनि त्यस्तै अप्ठेरो हल निर्णय गरेको बताए ।
विगतमा कतिपयले आफूहरूलाई सशस्त्र द्वन्द्वबाट गणतन्त्र ल्याउन सक्दैनन् भनेको उल्लेख गर्दै उनले अहिले पनि पार्टी एकता टिक्न सक्तैन कि भन्ने टिप्पणी भइरहेको बताए।‘कतिले पार्टी एकता त सम्भव नै हुन्न भन्थे हामीले ग¥यौं ।तर हेर्दै जानुहोला अब सुदृढ एकतासहित नेकपा राष्ट्रलाई हा“क्ने सशक्त पार्टी बन्नेछ’ उनले भने ।

No comments:

Post a Comment