Tuesday, August 6, 2019

दुई सहसचिव इकोनोमिक मिनिस्टर नियुक्त, एक जना महावाणिज्य दूत

काठमाडौं, २० साउन– सरकारले सहसचिवद्वय नीता पोखरेल अर्याललाई चीनको बेइजिङ र हरिशरण पुडासैनीलाई भारतको नया“दिल्लीस्थित दूतावासमा वाणिज्य मामिला हेर्ने इकोनोमिक मिनिस्टर नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव पोखरेल र अर्थ मन्त्रालयका सहसचिव पुडासैनीलाई चार वर्षका लागि इकोनोमिक मिनिस्टर नियुक्त गरेको हो । पोखरेल र पुडासैनीले क्रमशः चीनको बेइजिङ र भारतको
नया“दिल्लीस्थित नेपाली दूतावासमा राजदूतमातहत रहेर इकोनोमिक मिनिस्टरको जिम्मेवारी सम्हाल्नेछन् । बेइजिङस्थित इकोनोमिक मिनिस्टर विनोद आचार्य पदावधि सकी फर्किएको र नया“दिल्लीस्थित इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करलाई पदावधि नसकि“दै सरकारले फर्काएका कारण पद रिक्त थियो ।
मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयका सहसचिव छविन्द्र पराजुलीलाई चीनको गोन्जाओका लागि महावाणिज्य दूत नियुक्त गरेको छ । गोन्जाओस्थित महावाणिज्य दूत रवि भट्टराईको पदावधि सकिएपछि पद रिक्त थियो । गोन्जाओस्थित महावाणिज्य दूतको पद कूटनीतिक प्रमुख भएकाले पराजुलीको नाम एग्रिमोका लागि चीन सरकारसमक्ष पठाइनेछ । एग्रिमो आएपछि पराजुलीले गोन्जाओमा गएर पद सम्हाल्नेछन् । महावाणिज्य दूतको पदावधिसमेत चार वर्षको हुनेछ ।
नया“दिल्लीस्थित इकोनोमिक मिनिस्टरमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलको नाम प्रस्तावित थियो । मन्त्रिपरिषद्मा छलफल हु“दा प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा पुडासैनीको नाममा निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।

No comments:

Post a Comment