Tuesday, August 20, 2019

गोदामचौर बलात्कार घटनामा उच्च अदालतबाट समेत दोषी ठहर

काठमाडौं, २ भदौ– उच्च अदालत पाटनले ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रयासको घटनाका तीन जना अभियुक्तलाई दोषी ठहर गरेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले सोमबार ललितपुर जिल्ला अदालतकै फैसलालाई सदर गरी तीनै जना अभियुक्तलाई दोषी ठहर गरेको हो ।
जिल्ला अदालतले अभियुक्तहरू रघु सिलवाल, पवन कु“वर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध अभियुक्तहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
उच्च अदालतले अभियुक्तको पुनरावेदनलाई अस्वीकार गरी जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । अभियुक्तहरूले २१ वर्षीय गोदामचौरकी युवतीलाई २०७४ मंसिर २ मा मा सामुहिक बलात्कार गरी मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरी बेहोस पारेर छाडेका थिए । अभियुक्तहरूले पीडितको साथमा भएको ब्याग, पैसा, गरगहनालगायतका सामग्रीसमेत लुटेर लगेका थिए ।
माइतबाट घर फर्कने क्रममा बलात्कारको शिकार भएकी युवती गोदामचौर २०७४ मंसिर ३ मा बेहोस अवस्थामा फेला परेकी थिइन् । एक साता लामो उपचारपछिमात्र उनको होस खुलेको थियो । एक महिनाको उपचारपछिमात्रै उनी बोल्न सक्ने भएकी थिइन् ।


No comments:

Post a Comment