Wednesday, August 7, 2019

जग्गाको १० थरी वर्गीकरण

काठमाडौं, २१ साउन– सरकारले विधेयकमा मुलुकमा उपलब्ध जग्गाको समुचित उपयोग तथा सार्वजनिक हितका लागि भन्दै भूमिलाई १० क्षेत्रमा वर्गीकरण प्रस्ताव गरेको छ । भूउपयोग कार्यक्रम सञ्चालन भएका क्षेत्रको बनोट, भूमिको क्षमता तथा उपयुक्तता, मौजुदा उपयोग र आवश्यकतासमेतका आधारमा भूमिलाई भूउपयोग क्षेत्रमा वर्गीकरण गरिने विधेयकमा उल्लेख छ । तोकिएका यी क्ष्ँेत्रलाई यी क्षेत्रलाई उपक्षेत्रहरूमा वर्गीकरण गर्न सकिनेसमेत विधेयकमा उल्लेख छ । 
१ कृषि क्षेत्र
२ आवासीय क्षेत्र
३ व्यावसायिक क्षेत्र
४ औद्योगिक क्षेत्र
५ खानी तथा खनिज क्षेत्र
६ वन क्षेत्र
७ नदी, खोला र ताल क्षेत्र
८ सार्वजनिक उपयोगको क्षेत्र
९ सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र
१० सरकारबाट आवश्यकताअनुसार तोकिएको अन्य क्षेत्र


No comments:

Post a Comment