Tuesday, August 6, 2019

आज ३ सचिव अवकाश हुँदै, एक जनाले पाए नियुक्ति

काठमाडौं, २० साउन– निजामती प्रशासनका वरिष्ठतम् तीन सचिवमध्ये अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्माले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । अर्का वरिष्ठ सचिव विष्णु लम्सालले भने अनिवार्य अवकाश पाउनुअघि राजनीतिक नियुक्ति पाएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव कार्की र खानेपानी मन्त्रालयका सचिव शर्माले विशिष्ट श्रेणीको पा“चवर्षे पदावधि पूरा गरी मंगलबारदेखि लागू हुने गरी अनिवार्य अवकाश पाउँदै छन् ।
कार्की र शर्मास“गै सचिवमा बढुवा भएका लम्साललाई भने मन्त्रिपरिषद्ले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशक नियुक्त गरेको छ । लम्सालले सचिवको पा“चवर्षे पदावधि सकिएर अनिवार्य अवकाश पाउनु चार दिनअघि उनलाई विशिष्ट श्रेणीको अर्को पदमा नियुक्त गरिएको हो । लम्साल ६० वर्ष पूरा नभएम्म वरिष्ठ अध्ययन निर्देशकको पदमा बहाल रहनेछन् ।
कार्की, शर्मा र लम्सालपछिका अर्का वरिष्ठ सचिव कृष्ण देवकोटाले समेत बिहीबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव देवकोटाले ५८ वर्ष पूरा गरी उमेरका कारण अवकाश पाउन लागेका हुन् । साउनभित्रै विज्ञान तथा प्रविधि सचिव कृष्णराज बीसीले पनि ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाउँदै छन् ।
कार्की, शर्मा, लम्साल र देवकोटाले अवकाश पाएपछि गृहसचिव प्रेमकुमार राई र उनीस“गै बढुवा भएकाहरू सबभन्दा वरिष्ठ हुनेछन् । राईसँगै बढुवा भएका सचिवमा अर्थ मन्त्रालयका राजन खनाल, नेपाल ट्रस्टका गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव राईलाई मुख्यसचिव बनाउन चाहेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार राई प्रधानमन्त्रीले सबभन्दा बढी विश्वास गरेका सचिव हुन् । वरिष्ठ चारै जनाले अवकाश पाएपछि राईसहितका चारमध्ये एकलाई मुख्यसचिव बनाउन सकिनेछ ।
त्यसका लागि मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारले व्यवस्थापन गर्नुपर्ने स्रोतको भनाइ छ । रेग्मीको पदावधि अझै एक वर्षभन्दा बढी बाँकी छ । सरकारले मुख्यसचिवलाई हटाउने कानुनी व्यवस्थासमेत छैन ।
त्यही कारण सरकारले रेग्मीलाई मनाएर कुनै आकर्षक मुलुकमा राजदूत बनाएर या राजनीतिक नियुक्ति दिएर पठाएमा मात्र राईलाई मुख्यसचिवमा बढुवा गर्ने बाटो खुल्नेछ । राई मुख्यसचिवमा बढुवा भए पनि लामो समय पदमा रहन पाउने छैनन् । उनी आगामी फागुनसम्म मात्रै मुख्यसचिव हुनेछन् । उनले ५८ वर्ष उमेर पूरा गरी फागुनमा अवकाश पाउनेछन् ।
रेग्मी पूरै अवधि पदमा रहे भने राई मुख्यसचिव हुन पाउने छैनन् । रेग्मीभन्दा अघि राई, खनाल, ठाकुर र आचार्यले अनिवार्य अवकाश पाइसक्नेछन् । त्यतिबेला वाणिज्य सचिव केदारबहादुर अधिकारी र परराष्ट्र सचिव शंकर बैरागी सबभन्दा वरिष्ठका नाताले मुख्यसचिवका दाबेदार हुनेछन् ।




No comments:

Post a Comment