Monday, August 5, 2019

सातै प्रदेशका प्रहरीको प्रोशाक उस्तै

काठमाडौं, १९ साउन– सातवटै प्रदेशमा गठन हुने ‘प्रदेश प्रहरी’ ले एकै खाले पोशाक लगाउने भएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले आइतबार अनुमोदन गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहितको प्रतिवेदनमा सातै प्रदेशका प्रहरीको पोशाक नेपाली प्रहरीको जस्तै हुने व्यवस्था गरिएको छ । प्रदेशपिच्छे पोशाक फरक हु“दा सर्वसाधारणलाई प्रहरीको पहिचान गर्न समस्या हुने भएकाले एकै खाले पोशाक हुने व्यवस्था गरिएको हो ।
प्रदेश प्रहरी प्रदेश सरकारप्रति नै उत्तरदायी हुने व्यवस्था विधेयकमा गरिएको छ । विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सातै प्रदेशमा प्रदेश प्रहरी गठनको बाटो खुल्ने छ ।
समितिले विधेयकको प्रतिवेदनमाथि सांसदहरूले राखेका संंशोधन र सुझावलाई समेटेर गृह मन्त्रालयबाट पछिल्लोपटक परिमार्जन गरेर ल्याइएको प्रतिवेदनलाई अनुमोदन गरेको जानकारी समितिकी सभापति शशि श्रेष्ठले दिइन् । श्रेष्ठका अनुसार समितिले विधेयक परिमार्जनसहितको प्रतिवेदन प्रतिनिधिसभाको अब बस्ने बैठकमा पेस गर्ने छ ।
विधेयकमा केन्द्र सरकारले तोकेको नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक प्रदेश प्रहरी प्रमुख हुने व्यवस्था गरिएको छ । विधेयकका अनुसार प्रदेश प्रहरी प्रमुखले प्रदेश सरकार मातहत रहेर जिम्मेवारी सम्हाल्ने छन् । संघीय सरकारले तोकेको मापदण्डअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी प्रमुखलाई सेवासुविधा उपलब्ध गराउनेछ । विधेयकमा नेपाल प्रहरीले जिल्लाहरूमा मातहतको युनिट राख्न प्रदेश सरकारस“ग अनुमति लिनु नपर्ने व्यवस्थासमेत गरिएको छ । नेपाल प्रहरीस“ग आवश्यकताअनुसार प्रदेश प्रहरीले समन्वय र सहकार्य गरेर काम गर्नेसमेत विधेयकमा उल्लेख छ । प्रदेश प्रहरी गठन नहुन्जेल नेपाल प्रहरीले नै शान्ति सुरक्षालगायतका विषयमा प्रदेश प्रहरीको जिम्मेवारी सम्हाल्ने व्यवस्थासमेत विधेयकमा छ ।

No comments:

Post a Comment