Thursday, August 15, 2019

सांघातिक आक्रमणमा परी कतारमा एक नेपालीको मृत्यु

५ जना घाइते
काठमाडौं, २९ साउन– कतारको दोहामा मंगलबार राति नेपाली कामदारहरूमाथि भएको सांघातिक आक्रमण परी एक जनाको मृत्यु भएको छ । कतारस्थित नेपाली दूतावासले दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र थप पाँच जना घाइते भएको जनाएको छ ।
दुतावासद्वारा बुधबारबार जारी विज्ञप्तिका अनुसार घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको छ । उनको शव हमाद अस्पतालमा राखिएको छ । पा“च जना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले हमाद अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अरू चार घाइतेको समेत हमाद अस्पतालमा नै उपचार भइरहेको छ । घाइतेमध्ये इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।
घटनापछि पक्राउ परेका दुई नेपाली घाइते अकवर मिया“ र महसुद अन्सारीलाई दूतावासको पहलमा प्रहरीबाट हिरासत मुक्त गराइसकिएको समेत दूतावासले जनाएको छ ।
दुतावासले घाइते सबै सुनसरी जिल्लाबासी भएको जनाएको छ । ती नेपालीमाथि कसले र किन आक्रमण गरेको हो भन्ने चाहि“ दुतावासले उल्लेख गरेको छैन ।
नेपाली दूतावासले यस्ता आक्रमणका घटनालाई मध्यनजर गरी भीडभाडमा नजान कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।

No comments:

Post a Comment