Friday, August 16, 2019

प्राधिकरणका कर्मचारीलाई ७ हजार प्रोत्साहन भत्ता

काठमाडौं, ३० साउन– विद्युत प्राधिकरणले ३४ औं वार्षिकोत्सवको अवसरमा सबै कर्मचारीलाई ७ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
प्राधिकरणले अघिल्लो वर्ष कर्मचारीलाई ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको थियो । यसपटक ४ हजार रुपैयाँ बढाएर प्रोत्साहन भत्ता दिन लागेको हो । आर्थिक वर्ष २०७५÷७६ मा प्राधिकरणले अघिल्लो वर्षभन्दा बढी ७ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यही कारण कर्मचारीलाई प्रोत्साहन भत्तासमेत बढाएर दिन लागिएको हो ।
प्राधिकरणका ९ हजार स्थायी र साढे २ हजार अस्थायी गरी ११ हजार कर्मचारीले प्रोत्साहन भत्ता पाउने छन् । प्रोत्साहन भत्तामा प्राधिकरणको ८ करोड ५ लाख रुपैयाँ खर्च हुने छ । प्राधिकरणले हरेक वर्ष वार्षिकोत्वको अवसरमा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने गरेको छ ।

No comments:

Post a Comment