Friday, August 2, 2019

बूढीगण्डकीमा तत्काल मुआब्जा बाँड्न कांग्रेसको माग

काठमाडौं, १६ साउन– प्रमुख प्रतिपक्ष कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रमध्ये गोरखाको आरुघाट र आर्खेत बजार तथा धादिङको खहरे बजारको तत्काल उचित मुआब्जा तोकेर वितरण गर्न सरकारसित माग गरेको छ ।
कांग्रेसले विज्ञप्ति जारी आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा तोक्न सरकारले ढिलाइ गरेकामा आपत्ति प्रकट गरेको छ । ‘संघीय सरकारको ठाडो आदेशमा मुआब्जा तोक्ने र बाँड्ने काम एकाएक रोकिएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी वक्तव्यमा छ, ‘डुबान पर्ने क्षेत्रका बजारको घरजग्गा चार÷पाँच वर्षदेखि बिक्री वितरण, नामसारी गर्न नपाउने गरी मालपोत कार्यालयबाट रोक्का छ ।’
कांग्रेसले मुआब्जा वितरणमा भएको ढिलाइले प्रभावित क्षेत्रका बासिन्दा मर्कामा परेको उल्लेख गर्दै छिटो गर्न माग गरेको हो ।

No comments:

Post a Comment